माओवादी नेता महादेव यादवको निधन, प्रचण्डद्वारा दुख व्यक्त !

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी केन्द्रीय सदस्य महादेव यादवको निधनप्रति दुख व्यक्त गरेका छन् ।

लामो समयदेखि क्यान्सर पीडित रहेका उनको सोमवार बेलुका यादवको ५७ वर्षको उमेरमा निधन भएको हो । आज एक शोक वक्तव्य जारी गर्दै प्रचण्डले उनको निधनले नेपाली कम्युनिष्ट आन्दोलनले एक संघर्षशील कमरेड गुमाएको र पार्टीले समर्पित सहकर्मी गुमाएको बताएका छन् ।

“कमरेड यादवको निधनले देश, पार्टी र समुदायमा अपूरणीय क्षति भएको छ ।” जारी शोक वक्तव्यमा भनिएको छ ।

साथसाथै उनी जनयुद्धमा सक्रियतापूर्वक सहभागी यादव सरल, जुझारु र क्रान्तिकारी योद्धा रहेका थिए ।

उनको निधन सोमवार बेलुका धनुषा जनकपुरस्थित आफ्नै निवासमा निधन भएको हो । उनका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् ।

२०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट आफ्नो राजनीतिक जीवन शुरु गरेका उनले २०४८ सालमा जागिर छोडेर तत्कालिन जनमोर्चाको तर्फबाट बालबाखर गाविस ९हाल सहिद नपा–१० को उपाध्यक्ष बनेका थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

8 × one =