
काठमाडौं । गायक प्रकाश सपुत गित गाएरै करोडौ सम्पतिको मालिक बनेका छन ।यो क्षेत्रमा नाम चलेका र दर्शकले रुचाएका सर्जकहरुका लागि काठमाडौंमा घर र गाडी अब सपना बन्न छाडेको छ ।झन्डै २ बर्ष अगाडी काठमाडौंमा घर बनाएका प्रकाश सपूतले हुन्डाईको नयाँ कार किनेका छन् ।
झन्डै ३ करोड भन्दा माथि मूल्य जाने घर बनाएका सपूतले नयाँ कार किनेको बारे गायक सपुतले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । आधा दर्जन भन्दा बढी गीतले लोकप्रियता कमाएपछि प्रकाशलाई स्टेज कार्यक्रमदेखि म्यूजिक भिडियोमा भ्याई नभ्याई छ ।
उनै, प्रकाशले लक्ष्मी हुन्डाइको नयाँ कार किनेका हुन्। सेतो रंगको ‘क्रेटा’ कार किनेका प्रकाशले लेखेका छन्–‘सपना देख्नेहरुलाई प्रेरणा हुनसक्छ ।
कलाकार मात्रै भएर पनि कार चढ्न सकिन्छ है ।’ उनले यो कारको मूल्य ४९ लाख रहेको बताए ।उनी आफूले सकेसम्म देखावटी कुराहरु नचाहने तर यस्ता कुराहरुले कतिपय मानिसहरुलाई प्रेरणा पनि मिल्ने बताउँछन् । ‘यस्ता कुराहरुले कतिपय मानिसहरुलाई दुःखी पनि तुल्याउन सक्छ ।
तर त्यही कुराले कतिपय मानिसहरुलाई प्रेरणा पनि मिल्न सक्छ’ उनले भने, ‘त्यो मान्छे पनि हामीजस्तै हो । हाम्रै स्तर, हाम्रै धरातलबाट गएको हो । त्यसले गर्न सक्छ भने हामी पनि गर्न सक्छौं भन्ने खालको प्रेरणा पनि मिल्न सक्छ । यसकारण मैले कार किनेको तस्वीर सामाजिक संजालमा शेयर गरेको हुँ ।
वर्षपछि ‘सेकेन्ड ह्याण्ड’ स्कुटर किने । केही वर्ष स्कुटर चढेपछि उनले ‘सेकेन्ड ह्याण्ड’ मोटरसाईकल किनेका थिए । यसअघि उनी सोही मोटरसाईकलमा यात्रा गर्दै आएका थिए ।
उनी मानिसहरुले आफूलाई मूल्यांकन गर्दा, आफ्नो सफलतालाई मूल्यांकन गर्दा संघर्षलाई पनि सँगै मूल्यांकन गरिदिए हुन्थ्यो भन्ने चाहन्छन् ।प्रकाश लोकदोहोरीमा चलेका कलाकार हुन् । ‘दोहोरी ब्याटल’, ‘बोल माया’, ‘गलबन्दी’, ‘बदला बरिलै’ हुँदै ‘मेरो पनि होइन र यो देश ?’
सम्म आईपुग्दा सांगीतिक क्षेत्रमा उनले आफ्नो गर्बिलो चिनारी बनाईसकेका छन् । उनी ‘परदेशी २’ चलचित्रमार्फत अभिनेताका रुपमा दर्शकमाझ आउँदैछन् ।पाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाएका गायक सपुतले मंगलबार सेतो रङको कारको भ्लगसँगै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पनि लेखेका छन् । उनले कलाकार मात्रै भएर पनी कार चढ्न सकिने बताएका छन् ।
नयाँ कार किनेकोमा खुशी हुँदै उनले भनेका छन् – ‘सपना, संघर्ष, सिर्जना, सफलता मेरो १ साथ, सहयोग, शुभेच्छा तपाईहरुको । 🙏 सपना देख्नेहरुलाई प्रेरणा हुनसक्छ – “ कलाकार मात्रै भएर पनी कार चढ्न सकिन्छ है “ जिवनको पहिलो गाड़ी – Hundai Creta 2019 !’