सशस्त्रमा एसपीका लागि बढुवा प्रक्रिया सुरू, पाँच दिनभित्र आवेदन दिनुपर्ने !

काठमाडौं । सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी उपरीक्षक (एसपी)को बढुवा प्रक्रिया सुरु भएको छ। सशस्त्र प्रहरी बलमा साधारण उपसमूह र लेखा उपसमूह गरी केहि एसपीको पद रिक्त भएपछि सशस्त्र प्रहरी बल मुख्यालयले एसपी बढुवाको लागि सूचना प्रकाशित गरेको हो ।

रिक्त दरबन्दीमा पाँच दिनभित्र आवेदन दिन बढुवा समितिका सदस्य सचिव समेत रहेका सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) राजु अर्यालले सूचना जारी गरेका छन् ।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ९ को उपनियम १ क बमोजिम मूल्यांकन फारम भरेर पाँच दिनभित्र मुख्यालयको बढुवा समितिको सचिवालयमा पेश गर्न सूचनामा भनिएको हो ।

सशस्त्र प्रहरी बल मुख्यालयले एसपी बढुवालगत्तै सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी)को बढुवा प्रक्रिया अघि बढाउने तयारी गरेको छ । सशस्त्रमा प्रहरी निरीक्षक (इन्सपेक्टर) देखि डिएसपीसम्म बढुवा रोकिएको लामो समय बितिसकेको छ ।

सशस्त्रमा लामो समयदेखि बढुवा प्रक्रिया अघि नबढाएको भन्दै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको आलोचना हुँदै आएको छ ।

सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहमा एसपी बढुवाका लागि जारी गरिएको सूचना

सशस्त्र प्रहरी सेवा, साधारण समूह, लेखा उपसमूहमा एसपी बढुवाका लागि जारी गरिएको सूचना

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× four = 16