सेती दोभानमा पहिरो जाँदा नारायणगढ-मुग्लिन सडक अवरुद्ध !

काठमाडौँ । चितवनको सेती दोभानमा पहिरो जाँदा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । गएराती परेको पहिरोका कारण सडक अवरुद्ध भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

पहिरो जाने क्रम नरोकिएकाले बाटो खुलाउन समस्या भएको पनि प्रहरीले जनाएको छ । यस्तै काठमाडौँ–हेटौडा जाने सडक पनि अवरुद्ध छ । भट्टेडाडा र इन्द्रसरोवरमा पहिरो जाँदा बाटो अवरुद्ध भएको हो ।

बनेपा, धुलिखेल, सिन्धुली हुँदै पुर्व जाने गाडी पनि फुर्कोटमा पहिरो जाँदा रोकिएका छन् । गएराती फुर्कोटमा पहिरो जाँदा बाटो अवरुद्ध भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यस लगायतका विभिन्न ठाउँमा पहिरो जाने, रोकिने भएकाले बाटो अवरद्ध हुने र खुल्ने क्रम जारी रहेको पनि ट्राफिक प्रहरीले जनाएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eight × = seventy two