राजस्थानबिरुद्ध खेल्ने दिल्लीको संम्भावित ईलाभेन बाहिरियो, सन्दिप परे कि परेनन् ? हेर्नुस

एजेन्सी : युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स भिड्दै छन् । दिल्ली र राजस्थानबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । सारजाहमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली र राजस्थान आफ्नो छैटौं खेलका लागि मैदान उत्रिन लागेका हुन् ।

यता छैटौं खेल सम्म आइपुग्दा समेत सन्दीपले मौका पाउने सम्भावना निकै कम रहेको छ । राजस्थानविरुद्ध पनि सन्दीप बेन्चमै हुने सम्भावना भने बलियो छ। राजस्थानको तुलनामा दिल्ली बलियो टिमको रुपमा देखिएको छ। ब्याटिङ र बलिङ दुवै उत्कृष्ट छ। ओपनिङमा पृथ्वी शो र शिखर धवनको जोडी निकै राम्रो लयमा छन्। पृथ्वी र धवनले यसअघिका खेलमा चेन्नाई सुपर किंग्सविरुद्ध ९४, कोलकाता नाइट राइडर्सविरुद्ध ५६ र रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए।

सम्भावित प्लेइङ सेट

दिल्ली– श्रेयस ऐयर (कप्तान), रिषभ पन्त, मार्कस स्टोइनिस, पृथ्वी शो, शिखर धवन, कागिसो रबडा, एनरिच नोर्टजे, सिमरन हिटम्यर, अक्षर पटेल, रविचन्द्रन अश्विन, हर्षल पटेल

राजस्थान– स्टेभ स्मिथ (कप्तान), यशास्वी जैसवाल, जस बटलर, सन्जु सामसन, महिपाल लाम्रोर, राहुल टेवाटिया, टोम कुरन, श्रेयस गोपाल, जोफ्रा आर्चर, कार्तिक त्यागी, अंकित राजपुत

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× one = 3