काठमान्डौं । चितवनको राप्ती नगरपालिका-३ की २३ वर्षीया सुजिता भण्डारीको मृ,त्यु प्रकरणमा काठमाडौंबाट जहाज चढेर आउनेको आन्दोलनका कारण अनुसन्धान गर्नै नपाएको गुनासो प्रहरीले गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार पत्रकार सम्मेलन गरेर अनुसन्धान तीव्रता पारेपछि अनावश्यक अवरोधले समस्या भएको जनाएको छ।
चितवन प्रहरी प्रमुख, एसपी ओमप्रसाद अधिकारीले अवरोधबीच पनि विभिन्न कोणबाट घट,नाको अनुसन्धान गरिरहेको बताएका छन्। उनले छिट्टै घट,नाको सत्य तथ्य सार्वजनिक गरिने बचन पनि दिएका छन्।
तर उनले गम्भीर प्रकृतिको घट,नाको अनुसन्धानमा प्रहरीलाई सघाउनुको साटो उल्टै आन्दोलन गरेर समस्या बढाइएको बताएका छन्। प्रहरीलाई अनुसन्धानमा सघाउने गरी स्थानीयले भूमिका खेल्नुपर्ने बेला हो यो।
तर अनुसन्धान नै प्रभावित हुने गरी अवरोध खडा गरिएको छु, उनले भने, ‘हामी न्यायको कुरा गर्छौँ। न्याप प्राप्तिको प्रक्रियालाई भने आन्दोलनका नाम अवरोध गरिएको छ। न्यायको कुरा गर्नेले नै आन्दोलन गरेर प्रहरीलाई अव,रोध गरिदिँदा अनुसन्धानमा समस्या भएको छ।
अधिकारीले घ,ट,नाका प्रमाण जुटाउने, अनुसन्धान गर्ने र निचोड निकाल्ने प्रक्रियामै जाने गरी काम गर्नुपर्ने त्यसो गर्नै नदिएको पनि बताएका छन्। अनुसन्धान गर्न नदिइ सडक आन्दोलन तताइएकोमा पनि उनले दुस्ख व्यक्त गरे।
‘दुःखका साथ भन्दैछु, आजसम्म पनि पीडित परिवारलाई हामीले भनेको र चाहेको बेला भेट्न पाएका छैनौं’, उनले भने, ‘अ,प,राध अनुसन्धानलाई प्रभावित पार्ने गरी सडक आवागमन रोक्ने, सूचना लिन जाँदा प्रहरीलाई रोकेपछि न्याय प्राप्ति कसरी कसरी सम्भव हुन्छरुु
उनले अनेक किसिमका अभियन्ताका नाममा भइरहेको आन्दोलनले अनुसन्धानलाई झनै प्रभावित पारेको गुनासो गरे। काठमाडौंमा फ्लेक्स प्रिन्टु छापेर, पोको पारेर, ब्यागमा हालेर, प्लेनबाट ओर्लेर अघिल्लो दिन कतै बास बसेका समूह अहिले आन्दोलनमा छन्, उनले भने, यी आन्दोलनकारी अभियन्ताबारे पीडित पक्षलाई पनि थाहा छैन। पीडित पक्षले ती आ,न्दो,लन,कारी विरु,द्ध हामीसँग गुनासो गरिरहनु भएको छ।
प्रहरीको अनुसन्धान पूरा नै नभइ आफूखुसी निष्कर्ष निकाल्दै अनेक अनुमानका भरमा तर्क गरेर समाजलाई उत्तेजित बनाउने काम भइरहेको भन्दै उनले आपत्ति जनाएका छन्।
“यो बेला सबै संयम भएर बस्नुपर्ने होु, एनले भने, हाम्रो अनुसन्धानका क्रममा सुजिता र दिदी कविताबीच पटक-पटक फोन सम्पर्क भएको छ। सुजिताले पटक पटक मोबाइल डाटा प्याक लिएको पनि भेटेका छौँ। अ,पह,रणबारे कुनै जानकारी नआउँदा दिदीबहिनीबीच सहज फोन संवाद भइरहँदा अ,प,ह,रण नै भएको ठोकुवा गर्न सकिँदैन। आन्दोलनका नाममा अवरोध नभएमा हामी अनुसन्धानलाई निचोडमा पुर्याउँछौँ।”