काठमाडौं । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनले एमाले प्रवेश गरेका रामबहादुर थापा ‘बादल’ समूहलाई माओवादी केन्द्रको नभएर एमालेकै चिन्ता गर्न जवाफ दिएका छन्।
एमालेमा लागेका पूर्वमाओवादी समूहका नेताहरूको तर्फबाट बुधबार निर्वाचन आयोगमा माओवादी केन्द्र अवैधानिक छ भनेर हालिएको निवेदनप्रति पुनको यस्तो टिप्पणी आएको हो।
‘एमालेमा गएकाले माओवादी पार्टी अवैधानिक छ भन्नु कुनै अर्थ छैन। एमालेमा गएकाले एमालेको चिन्ता गर्नुस्। माओवादीको किन चिन्ता गर्नुपर्योरु’ नेपाल लाइभसँग कुरा गर्दै पुनले भने, ‘एमालेले २०७० सालमा महाधिवेशन गर्यो।
अहिले महाधिवेशन गरेको ८ वर्ष भइसक्यो। त्यसैले अध्यक्ष केपी शर्मा ओली अवैधानिक हुन्। उजुरी दिने नेताहरुपनि अवैधानिक हुन्।’
उनले माओवादी पार्टी अवैधानिक छ भनेर उजुरी दिनु,चर्चा गर्नु गैरराजनीतिक कार्य भएको टिप्पणी गरे।
‘२०७० सालमा दश घटकको एकता भएर माओवादी केन्द्र बनेको पाँच वर्ष हुँदै छ। उहाँहरुले दाबी गर्नु गलत छ। त्यो दाबी स्वतः खारेज हुन्छ’ पुनले भने, ‘निर्वाचन आयोगले त्यो निवेदन दर्ता गर्ने नै होइन। दर्ता गर्नु समेत गलत भयो।’
माओवादी केन्द्र बन्नुअघि एकीकृत माओवादी भएकाले त्यस पार्टीको महाधिवेशन २०६९ सालमै भएकोले त्यसमा प्रश्न उठाउने ठाउँ समेत नभएको दाबी गरे। ‘एकीकृत माओवादीको महाधिवेशन २०६९ सालमा भएको हो।
त्यसमा रामबहादुर थापा “बादलुसहित केही नेताहरु क्रान्तिकारी माओवादी वा अन्य कुनै पार्टीमा भएकाले उहाँहरुमध्ये कतिपयलाई महाधिवेशनले चिन्दैन’ पुनले भने, ‘माओवादी केन्द्र २०७३ सालमा बनायौं। यो बीचमा २०७८ सालमा महाधिवेशन गर्ने हो ।
त्यो बीचमा दुई वर्ष नेकपा बनाएकाले हुनाले शून्य समय मान्दा पनि अझै २ वर्षसम्म महाधिवेशन गर्ने समय छ। हामीले संवैधानिक व्यवस्था अनुसार २ वर्षमा नियमित महाधिवेशन गर्नेछौं।’
सर्वोच्च अदालतले एमाले(माओवादी ब्युँताएपछि माओवादी केन्द्रले विधान समेत बनाएर निर्वाचन आयोगमा बुझाइसकेको छ। माओवादी केन्द्रको विधान समेत संशोधन गरेर १८० जनाको केन्द्रीय समितिमा नेकपाकालीन नेताहरुको नाम पठाएको छ।