माओवादीले भन्यो, ‘दल खारेजीको माग गर्दै आयोगमा निवेदन दर्ता गर्नु हास्यास्पद’

काठमाडौं । नेकपा माओवादी केन्द्रले एमाले प्रवेश गरेका नेताहरुले दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा दर्ता भएको निवेदनलाई हास्यास्पद भएको टिप्पणी गरेको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै माओवादी केनद्रले दल दर्ता खारेजीको मागलाई हास्यास्पद भएको बताएको हो । असार २३ गते पूर्व माओवादीका रामबहादुर थापा, मणि थापा, टोपबहादुर रायमाझी र प्रभु शाह लगायतले माओवादी केन्द्र नै अवैधानिक भइसकेको भन्दै खारेजीको माग गर्दै आयोगमा निवेदन दर्ता गराएका थिए ।

शुक्रबार उनीहरु पुनः उक्त निवेदनबारे छिटो निर्णय गरिदिन माग गर्दै निर्वाचन आयोग पुगेपछि माओवादी केन्द्रले विज्ञप्ति निकालेको हो ।

केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालद्वा हस्ताक्षरित विञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति निवेदक रहेको र दल दर्ता र दल खारेजी सम्बन्धी सामान्य कानूनी प्रक्रियासमेत जानकारी नभएको व्यक्तिले यस्तो हरकत गर्नु हास्यास्पद देखिन्छ ।’

सिन्धुलीको कमलामाई नगरपालिका–१० घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ का सरोज बुढाथोकीको नामबाट निर्वाचन आयोगमा माओवादी केन्द्र खारेजीको माग गर्दै निवेदन परेको छ ।

दल दर्ता खारेज सम्बन्धी निर्णय गर्न माओवादी छाडेर एमाले प्रवेश गरेका रामबहादुर थापा बादल समूहका नेताहरुले निर्वाचन आयोगलाई दबाबसमेत दिँदै आएका छन् ।

यो कदमलाई माओवादी केन्द्रले कुनियत भनेको छ । ‘केही अवसरवादी, स्वार्थी, लालची, अनैतिक तत्वले यस प्रकारको दुष्प्रचार गरी पार्टीलाई बदनाम गराउन सकिन्छ भन्ने मनसायले उक्त कार्य गर्न गराउन प्रयत्न गरेको देखिन्छ,’ ढकालले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘हाम्रो पार्टी त्यस्तो कुनियतको दुष्प्रचारलाई खारेज गर्दछ ।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty two ÷ = four