प्रचण्डले आँट नगरेको भए अहिले मैहु भन्नेहरुले राजाको खुट्टा ढोग्दै हुन्थे: रबी लामिछाने

काठमान्डौं । कार्यक्रम प्रस्तोता रबि लामिछानेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माओवादीले गरेको दह वर्षे जनयुद्दको खुलेर समर्थन गरेका छन ।

उनले एक खुला कार्यक्रम मार्फत प्रचण्ड र माओवादीले गरेका कामहरुको दिल खोलेर समर्थन गर्दै यस्तो धारणा राखेका हुन । सीधाकुरा जनता संग कार्यक्रम चलाएर देश तथा विदेशमा चर्चित हुन सफल लामिछानेले यो देश नै माओवादीको एजेन्डामा चलेको वताएका छन ।

यहाँ जे जति उपलब्धीहरु प्राप्त भएका छन ति सबै दश वर्षे जनयुद्द बाट मात्रै सम्भव भएको उनको बुझाइ रहेको छ । नेपालीहरुले कठोर राना शाषण, पञ्चायत, जहाँनिया राजतन्त्र लगायत थुप्रै कठोर भन्दा कठोर शाषण व्यवस्था भोगेका छन ।

हामी धेरै कुराहरु अध्ययन नगरेर हचुवाको भरमा वोल्ने गर्छौ, लेख्ने गर्छौ । हामी नराम्रो कामको यति विरोध गर्छौ कि जुन स्वयम आफैले आफ्नै शब्दहरु सबैको अगाडी पढ्न सक्दैनौँ ।

मन लागेको चिज खाना पाइएको छ, मन लागेको लाउन पाइएको छ, आफुलाइ चित्त नबुझेका कुराहरु मज्जाले बोल्न पाइएको छ, कसैले कुनै पनि किसिमका विभेद गर्ने त के अलिकति संकेत मात्र गर्यो भने उसले सजाय भोग्नुपर्छ ।

मानिसहरु अन्यायको विरुद्द वोल्न पाएका छन, स्वतन्त्र रुपमा काम गर्न पाएका छन, सरकार वा कुनै पनि निकायमा भएका गलत कामको विरोध गर्न पाएका छन, खुेलेर

राजनैतिक विचारको समर्थन वा विरोध गर्न पाएका छन यो भन्दा ठुलो उपलब्धी भौति विकास हुन सक्दैन । अब देशमा विकास निकास चाहिएको हो र विकास भएन भनेर अन्य उपिब्धीहरु केहि होइनन भन्नु हुन्न ।

स्वतन्त्र रुपमा कुनै पनि काम गर्न पाउनु सबैभन्दा ठुलो कुरा हो जुन राजतन्त्र र राणा कालहरुमा थिएन । केही लेखेकै कारण, केही वालेकै कारण राज्य बाट वर्वरतापुर्वक दमन हुनथ्यो, कति जना राज्य विरुद्द थोरै वोल्दा पनि सहिद भए ।

हो यि र यस्तै कारणले यो व्ववस्था सही छ । यो व्ववस्था भित्र अब विकास निकास चाहिएको छ । अन्य थुप्रै विकृतीहरु छन हटाउनु छ त्यो अलग पाटो हो ।

यो भन्दा उत्तम व्यवस्था प्रत्यक्ष कार्यकारी राष्ट्रपेमुख हुने व्यवस्था हो जुन प्रचण्डको नारा थियो तर सफल भएको छैन । सबैले सफल बनाउन साथ दिनु पर्दछ ।

अहिले जो सरकारमा छन वा जसले हरेक ठाउँमा ठुला ठुला कुरा गरिरहेका छन उनिहरु राजतन्त्र भएको भए राजाको जयजयकार गर्दै खुट्टा ढोग्नु पर्ने थियो ।

साँच्चे प्रचण्डले एकपटक आँट नगरेको भए सत्तामा रमाइरहेका नेता देखि चर्चित व्यक्तिहरु पनि राजाको चाकरी विना

एक कदम पनि अघि बढ्न सक्न्र अवस्था हुने थिएन र मन परे पनि नपरे पनि राजाको पाउँ पर्नु पर्ने थियो । यो हेर्दा सामान्य लागे पनि धेरै ठुलो कुरा हो ।

गाउँ गाउँमा सरकारी सविधा पुगेको छ । हरेक किसिमले पिछडिएका वर्गले राज्यको सेवा सविधा लिने कानुन वनेको छ । सरकारी तथा गैर सरकारी सबै निकायहरुमा पिछडिएको वर्ग, समुदाय, महिला सबैको सनिश्चितता गरिएको छ ।

संघियता, समानुपातिक समावेशी सहितको संविधान छ । देश त हेर्दा हेर्दै संघिय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ । के यो जोक हो त ? के यो सामान्य दुःखले सम्भव भएको हो त ? के तपाइ हामीले जस्तै चुप लागेर वसेको भए यी कुरा सम्भव थिए त ?

के यी सबै कुरा प्राप्त गर्नको लागि कसैले आँट नगरेको भए सम्भव थिए त ? यी कुरा यति ठुला कुरा हुन कि जुन प्राप्त गर्नको लागि हजारौँको रगत वगेको छ,

हजारौँ अंगभंग भएका छन र करोडौँ नेपालीले ज्यानको प्रवाह नगरेर लडेका छन । बेकारमा मानिसहरुले माओववदीले ल्याएको व्यवस्थामा टेकेर माओवादीकै कुरा काटिरहेका छन ।

मानिसहरु सोच्न सकेका छैनन कठोर कानुन कस्तो हुन्छ, राज्यको निर्मम शाषण कस्तो हुन्छ भनेर रु राज्य विरुद्द वोल्न वित्तिकै ज्यान गुमाएका सहिदहरुको भने सम्मान गर्छन

तर जुन मानिसले राज्य यति स्वतन्त्रता ल्यायो उसको भने अपमान गरिरहेका छन । सायद धेरै स्वतन्त्रता भएर होला मानिसहरुले मानिस नै चिन्न छोडेका छन, जसले राम्रो काम गरेका छन

उनिहरुको अपमान गरेर उनिहरुले नै ल्याइदिएको व्यवस्थामा रमाइरहेका छन । बडो अचम्म लाग्छ, कति वेला त लाग्छ असल मानिसको पहिचान गराउन फेरि उहि पुरानै शाषण आए हुन्थ्यो र मानिसहरु राज्यको

विरुद्द वा समाजका शाषक ठुलाबडाका विरुद्द चुइक्क वोल्दा पनि जेल नेल भोग्नुपर्ने यात मृत्यदण्ड भोग्नुपर्ने निर्मम सत्ताको शिकार हुन थाल्थे तव अनि मात्र थाहा हुनेछ स्वतन्त्रता के हो भनेर ?

अहिले त यहाँ गिलासमा मिठो दुध खाएर दुध दिने गाइको अपमान गरे जस्तै भइरहेको छ । रबी लामिछानेले भनेका छन, जसले यति धेरै अधिकारहरु हामिलाइ दिएको छ, आज उसकै विरोध भइरहेको छ ।

सोचे जस्तो सबै कुरा प्राप्त नभएको होला, यी कुराहरु प्राप्त गर्न मानिसहरुको वलिदान भएको होला त्यो स्वभाविक हो परिवर्तन सिटी बजाएर आउने कुरा होइन, परिवर्तनले त्याग, तपस्या र वलिदान माग्छ नै ।

प्रचण्डको नेतृत्वमा माओवादीले गरेको दश वर्षे जनयुद्द साँच्चै देशका लागि महान काम थियो । यदि जनयुद्द हुन्नथ्यो भने हामी दाषी भएर वस्नु पर्ने थियो ।

नेपाली कांग्रेष, नेकपा एमालेका नेताहरुलाइ त बन्धक बनाएको

राजतन्त्रले तपाइ हामिलाइ के यतिकै सुख संग बस्न दिन्थ्यो कि के गर्थ्यो होला एकपटक कल्पना गर्नुस ।

विरोधको नाममा मात्र विरोध गर्ने हो भने फेरि त्यहि दिन दोहारिन सक्छन ।

नेपालमा अहिले जसरी दिनदिनै सामाजिक सेवामा लागेका मानिसहरु

सरकारले पक्राउ गरेको छ, यो त ति दिनहरुको झल्को दिने सानो संकेत मात्र हो ।

आज राजतन्त्र भको भए न त मलाइ तपाइहरुले चिन्नुहुन्थ्यो न त मैले

नै यसरी बोल्न पाउथे । हामी त मानिसको नाममा जनावर जस्तो हुने थियौँ ।

यसरी म वोल्ने जुन शाहस गर्दैछु त्यो वेला भको भए म जेल जानु पर्थ्यो यात विभिन्न वहानामा मारिनै सक्थे होला ।

त्यसकारण यति धेरै परिवर्तन कसले गर्यो त एकपटक

नेपाली जनताले सोच्न सकेनन भने फेरि त्यो व्यवस्था फर्किदैन भन्न सकिदैन ।

देशमा माओवादी कमजोर भएको वेला कति धेरै अपराधहरु बढेका हुन्छन सबैलाइ थाहा भएकै कुरा हो ।

सबैलाइ मेरो अनुरोध छ यहाँ काम गर्ने कालु मकै खाने भालु भनेझैँ भको छ ।

हामिले हाम्रो लागि योगदान गरेको मान्छे चिन्ने प्रयास गरौँ ।

न्युज २४ नेपाल टीभीमा सिधाकुरा जनता संग कार्यक्रम सञ्चालन गरेर देश तथा विदेशमा चर्चित भएका

कार्यक्रम प्रस्तोता रबी लामिछाने हाल ग्यालेक्सी फोके टेलिभिजनका सञ्चालक हुन ।

रबी लामिछाने समर्थक र सारा नेपालीलाइ रबि लामिछाने कुन पाटीमा होलान, कसको समर्थन गर्छन होला भनेर सधैँ चासो हुने गर्छ ।

यो स्वभाविक पनि छ किनकी उहाँले प्राय सबै नेताको विरोध गरेको देखिन्छ ।

रबी लामिछानेको भाग्य र भविष्यको ढोका खोलिदिने अरु कोही नभएर प्रचण्ड नै थिए तर यो कुरा धेरैलाइ थाहा नै छैन ।

रवि लामिछानेले लामो समयसम्म कार्यक्रम गरेर विश्व रेकर्ड कायम गरेको भन्ने कुरा धेरैलाइ थाहा छ

तर कसरी कुन कार्यक्रम बाट किर्तिमान कायम गरे भनेर थाहा नहुन सक्छ ।

एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको बेला रबि लामिछानेले

“बुद्द वाज वर्न इन नेपाल” शिर्षकको टक शो कार्यक्रम मार्फत विश्व किर्तिमान कायम गर्ने

अभियान थालेका थिए भने सो कार्क्रमको उद्घाटन तत्कालिन प्रधानमन्त्री प्रचण्डले नै गरेका थिए ।

उनले २०१३ अप्रिल ११ देखि १४ सम्म टिभीमा लगातार ६२ घण्टा १२ मिनेट टक शो

चलाएर विश्वमै सबैभन्दा लामो समय कार्यक्रम प्रस्तुत गरेर गिनिज बुकमा नाम लेखाए ।

बुद्ध वाज बर्न इन नेपाल शिर्षकमा टक शो चलाएर रवि चर्चामा आए ।

सिधा कुरा प्रधानमन्त्रीसँग चलाएर चर्चा बटुलिसकेका उनलाई गिनिज बुकमा नाम लेखाउने टक शोले लोकप्रिय बनायो ।

त्यसपछि सिधा कुरा जनतासँग कार्यक्रमले लोकप्रीयताको शिखरमा पुर्यायो ।

रबी लामिछाने र प्रचण्डको त्यो पुरानो साइनो धेरैलाइ थाहा छैन ।

कार्यक्रम चलाउदा जनताको समस्या समाधानको लागि सरकार र

पाटीका नेता तथा जिम्मेवार निकाय संग कडा रुपमा प्रस्तु भएका लामिछानेले खास नेता वा कसैको समर्थन गरेको देखिदैन थ्यो ।

उनको कामको चाप हो या पत्रकारीता पेसा नै त्यस्तै भएर हो तर

खुलेर कसैको समर्थन गरेको सुनिएको थिएन तर एक कार्यक्रममा उनले प्रचण्ड र

माओवदीका एजेन्टाको पुर्ण समर्थन गरेका छन भने उहाँहरुकै एजेन्डामा देश चलिरहेको वताएका छन ।

रबी लामिछानेले प्रचण्डको चुनावी जिल्ला बागमती प्रदेशको चितवन भरतपुरमा गएर प्रचण्ड र जनयुद्दको प्रसंशा गरेका हुन ।

सिधाकुरा जनता संग कार्यक्रम देशका सातै प्रदेश बाट संचालन गर्ने अभियानकै क्रममा वाग्मती प्रदेशको चिततन भरतपुर बाट

कार्यकम संचालन गर्दै गर्दा स्टुडियो बाटै सो धारणा राखेका हुन जुन कुरा सारा नेपालीले खुलेर समर्थन गरेका थिए ।

रबि लामिछानेले राखेको धारणा जस्ताको त्यस्तै यस्तो छ ।

व्यापारिक केन्द्र, बसाइसराइको केन्द्र, उद्योग, व्यापार, र व्यवसायको केन्द्र जस्ता केन्द्रहरु संगै भरतपुर चितवन राजनितिको पनि कोन्द्र भएको छ ।

अन्य घटना दुर्घटनाको पनि केन्द्र, विवादको पनि केन्द्र, भरतपुर चितवनका वारेका जता

बाट पनि कुरा सुरु गरेपनि हुन्छ तर आज म सबैभन्दा गार्हो र गर्हौगो विषयमा नै वोल्ने निर्णयमा पुगेको छु लौजा त ।

नेपाली राजनितिमा पछिल्लो दुइ दशक अनवरत रुपमा चर्चित नेता प्रचण्डको कर्म जिल्ला हो यो ।

चितवनमा पढी हुर्केका पुष्प कमल दाहाल प्रचण्ड करिव २० वर्ष देखि नेपाली राजनितिको शिखरमा छन,

दुइपटक त यो देशको प्रधानमन्त्री भैसकेका छन । फेरि एकपटक प्रधामन्त्री भन्ने शुर कसिरहेका छन ।

हरेक राजनितिज्ञको सपना हुन्छ कि उ आफुले राजनिती गरेको दलको शिर्षस्त नेता बनोस र त्यस

दल बाट चुनिएर सरकार प्रमुख सम्मको पदमा पुगोस, पुष्प कमल दाहाल प्रचण्डका ति सबै सपना पुरा भएका छन ।

यति मात्रै होइन प्रचण्डको चर्चा यो देशमा मात्र सिमित थिएन विश्वभर नै उनको फरक फरक ढंगले चर्चा थियो ।

यसरी राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाउने सौभाग्य यो देशका कमै

राजनितिज्ञलाई प्राप्त हुन्छ, एक राजनितिज्ञले देख्ने सारा सपना प्रचण्डले पुरा गरे भन्दा फरक नपर्ला ।

पहिलो संविधान सभा निर्वाचनमा तेत्रो वहुमत, भुमिगत कालमा राष्ट्रिय अन्रर्राष्ट्रिय चर्चा,

हजारौँ लडाकुहरुको साथ, राजनितिको केन्द्रमा एकछत्र राज, नेपालको मात्रै होइन

संसारकै कुनै पनि नेताले यति ठुलो सपना विरलै हासिल गर्ने गर्छन । व्यक्तिगत रुपमा उनका सपना अधुरै रहे जस्तो लाग्दैन ।

गणतन्त्र, धर्मनिर्पेक्षता, संघियता, समावेशी, लोकतन्त्र लगायतका सारा एजेन्टालाइ उठान गरि

आफ्नै जीवनकालमा कार्यान्वयन भएको हेर्न पाउने भाग्यमानी नेता हुन प्रचण्ड ।

बाबुले आफ्नै छोराछोरीलाइ जात पर पसल गएर एकमुठो साग किनेर ल्या भन्द त नाइ जान्न भनेर ओठे

जवाफ फर्काउछन भने यो देशका हाजारौ युवाले मुठी बटारेर उनको एक वचनमा छातिमा तातो गोली खाना तयार हुन्थे ।

यो विश्वास बोकेर हिडेकाहरुलाइ यो देशको भविष्यका अगाडी आफ्नो ज्यानको मुल्य तुच्छ लाग्थ्यो ।

मर्न को डराउथ्यो र आफु मरेर यो देशको शुनौलो भविष्यको रेखा कोरिन्छ भने कोइ बात छैन भनेर रातो र तातो रगत यो

धर्तिमा सुम्पिएका विर शहिदहरुको वलिदान के का लागि थियो रु जे आज हामिले देख्दै छौँ त्यतिका लागि थियो त रु

आज म प्रचण्ड जिको गाउमा ठाउँमा उभिएर उहाँको आलोचना होइन उहाँलाइ केही कुरा स्मरण मात्रै गराउन चाहन्छु ।

राजाको शाषण संग नडराएको, टाउकोको मुल्य तोक्दा पनि टाउको नझुकाएको, अन्याय नसहने, अत्याचारिको त सफाय गर्ने,

विभेदको जरो उखेल्ने, दुष्कर्मको विरुद्द धर्ति हल्लिने गरि संखनाथ गर्ने, गरिव, असहाय,

निमुखा वर्गको तानाधार, घरवार नभएका, दुइछाक खाना नपुग्ने वर्गका भाग्यविधाता,

श्रमिक मजदुर, किसान र सारा विपन्नहरुका आसा, भरोसा र विश्वासको त्यो धरोहर प्रचण्ड तपाइ नै हो रु

अनि परिबन्धमा पारेर प्रधानमन्त्रीले शितल निवास पुर्याएको भन्ने निरिह भिजेको, हारेको थाकेको गलेको प्रचण्ड पनि तपाइ नै हो रु

कुन चाहि प्रचण्ड रियल हो अब पनि छुट्टिएन भने समयले इतिहासमा गर्भ गर्दैन, दःख व्यक्त गर्न सक्छ ।

एउटा गरिब किसानको छोरो दुःख गरेर पढ्यो, शिक्षक भयो, अन्याय अत्याचार सहन नसकेर विद्रोह गर्यो, भुमिगत भयो, ज्यानको बाजि लगायो,

फाल्नुपर्ने सबै व्यवस्था फाल्न अहम भुमिका निभायो, सर्वहारालाई मुक्ति दिन्छु भन्यो सशस्त्र द्वन्दमा गयो,

मानिसहरु मरे मारियो, तिस वर्ष भन्दा बढी कठोर भन्दा कठोर संघर्ष गरेर उ यो देशको सबैभन्दा

शक्तिसाली पाटीको शिर्षस्त नेता बन्यो, सरकार प्रमुख बन्यो , शक्तिकै केन्द्रमै बस्यो कथा सकियो ।

तर कथा सकिनु हुन्नथ्यो कथा त सुरु हुनु पर्थ्यो ,हिजो जो जसले समानताको लागि

अग्र मोर्चामा लडे ति मध्य केही सहित भए, बचेकाहरु धेरै मरुभुमिमा पसिना बगाउदै छन ।

शिर्ष नेतृत्व सबैको बन्दो बस्ता भैसकेको छ तर आम लडाकुको दुःख जहिको त्यहि भयो,

कि त अब व्यवस्था परिवर्तन गरिहालियो अब म रिटायर हुन्छु भन्नु पर्यो होइन भने हिजो गरेका सबै वाचाहरु सम्झिनै पर्छ ।

केही नेताहरुको सपना पुरा गर्नको लागि मात्र रगत बगेको थिएन भने अझैँ पनि समय छ राजनितिको

केन्द्रमा जनतालाइ राख्दा तपाइ हुनुभयो तर आज राजनितिको केन्द्रमा ब्फुलाइ राख्दा तपाइलाइ वली

नेपाल खनाल गौतमले घुमाइदिएका छन रिंगटा लाग्ने गरि चेम्पुटे घुमाए जस्तो ।

बाघ जस्तो प्रचण्ड कहिले माधव नेपालको पछिपछि, कहिले कहिले वामदेवको पछिपछि कहिले देउवाको पछि,

अहिले वलीको पछि पछि लागेको देखेर हिजोको त्यो प्रचण्डलाइ देख्नेहरु के सोच्दा हुन,

अब आफै मुल्यांकन गर्नुहोला हिजउए तास खेल्नेहरुलाइ मुखमा तास कोच्ने

पाटीको स’प्रीम कमाण्डर आज कौशिमा बसेर तास खेल्दै गरेको फोटो निकाल्छन, ठुलो कुरा त होइन यो,

तर सोची हेर्नुस त कहाँ जान हिडेको मानिस कहाँ पुगे र कहाँ आइपुग्दै हुनुहुन्छ रु

तपाइको ठाउँमा आएर डराएर होइन कराएर पुरानो प्रचण्डलाइ विउताउन मात्र खाजेको हुँ,

मलाइ मेरो पुस्तालाइ यसरी बोल्ने अधिकार दिन लड्नु भएको मा धन्यवाद ।

तपाइको एक इसारामा तातो गोली थाप्नेहरुको रगतका छिटाहरु

अझैँ खेतका गराहरुमा भेटिन सक्छन, बारिका काल्नाहरुमा देखिन सक्छन,

खेतका आलिमा भेटिन सक्छन, हो परिवर्तन कोटी होम लगाएर आउँदैन, एकाहा, सप्ताहा, नबाहा सत्यनारायणको पुजा गरेर आउदैन,

परिवर्तनले वलिदान माग्छ तर त्यो वलिदानका औचित्य चाहि समयमै टाइम मै पुष्टि हुनुपर्छ ।

अब त तपाइको तपाइका आफ्नाहरुको व्यवस्थापन भैसक्यो, सब सेटल

भैसके त्यसैले फेरि एकपटक हिजो विद्रोह गर्दा देखिको त्यति खेरको प्रचण्डलाई खोज्न आएको छु,

जसले आफ्ना टाउकाको मुल्य तोक्दा पनि टाउको झुकाएको थिएन, अचेल त्यो प्रचण्ड भेटिएको छैन रे, देखिएको छैन रे ।

चितवनका केही सडक मार्ग चिल्लो पारेर जुङगा मुठार्ने प्रचण्ड होइन यो देशलाइ नै मार्ग देखाउन सक्ने प्रचण्ड खोइ हाँ रु

जिस्काएको होइन विउझाएको हो, कार्यकर्ताले कुनै डरले भन्न

नसकेको कुरा तपाइको घरमा आएर सम्झाएको मात्र हु ।

यसरी हुनले प्रचण्ड र माओवादीले सञ्चालन गरेको जनयुद्दको कदर गर्दै देश ने यसकै वरिपरि रहेको वताएका छन ।

उनले प्रचण्ड संसारकै भाग्यमानी नेताको रुपमा व्याख्या गरेका छन ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty two − = 80