काठमान्डौं । प्रधानमन्त्री केपी शर्मा ओली शनिवार सिन्धुपाल्चोकको बाढीपहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनका लागि आएका छन् ।
प्रधानमन्त्री ओली अहिले हेलिकप्टरबाट ओर्लिएर हेलम्बु क्षेत्रमा छन् भने यसपछि मेलम्ची क्षेत्रमा जानेछन् ।
प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयसँग छलफलपछि गणेशबगर जाँदैछन् । उनले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाइ निरीक्षण पनि गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलगायत छन् । मनसुन शुरू भएसँगै असार १ गतेको अविरल वर्षाका कारण सो क्षेत्रमा बाढी पहिराबाट जन,ध,नको क्ष,ति भएको थियो ।
Facebook Comments Box