काठमान्डौं । पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा सामाजिक सञ्जालमा सक्रिय छैनन् । त्यसैले उनको पारिवारीक कुरा बाहिर आउँदैन ।
तर देउवा पत्नि डा. आरजु राणा सामाजिक सञ्जालमा आक्कल झुक्कल देखिने गर्छिन् । पछिल्लो समय आरजुले फेसबुकमा राखेको एक तस्वीरले चर्चा कमाएको छ ।
यो तस्वीरमा देउवा दम्पतीका साथ छोरा जयवीरसिंह पनि छन् । छोरा पनि सामाजिक सञ्जालमा त्यती देखिदैनन् । जयवीरसिंह देउवा दम्पतीका एक्ला सन्तान हुन् । उनीबारे नेपाली समाजमा त्यति जानकारी पनि छैन किनभने उनी बिदेशमा बसेर अध्ययन गरिरहेका छन् ।
आरजु राणाले उक्त तस्वीर नेपाली काँग्रेसको महाधिवेशन नजिकिँदै गर्दा बाहिरिएकाले देउवाले छोरा जयवीर देउवालाई राजनीतिमा सक्रिय त पार्दै छैनन् भन्ने शंका उत्पन्न भएको छ । यसअघि पनि जयवीर राजनीतिमा सक्रिय हुने चर्चा चलेको थियो तर उनी बिदेशमा भएका हुनाले त्यो चर्चा मै सिमित रहेको थियो ।
देउवाका छोरा अहिले २७ वर्षका भए । उनले बेलायतको यूनिभर्सिटी अफ योर्कबाट राजनीतिशास्त्रमा अध्ययन गरेका छन् । देउवालाई पछिल्लो समय पुस्ता हस्तान्तरणको दवाव छ ।
उनी आफैं ७० बर्ष माथि भएपनि सभापति हुने र आगामी चुनावमा बहुमत ल्याएर प्रधानमन्त्री हुने सपना पालेर बसेका छन् । तर नेपाली काँग्रेसमा ६ जना बढि अध्यक्षका प्रत्यासी छन् ।
यसै समयमा आरजुले परिवार भनेको समुन्द्रमा आएको आँधीमा लाइफ ज्याकेट हो भन्दै छोरा र श्रीमान्को तस्वीर सार्वजनिक गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनले छोरालाई सक्रिय राजनीतिमा ल्याउन लागेको संकेतको रुपमा धेरैले बुझेका छन् ।