
हेलम्बु । असार १ गते आएको बाढी पहिरोले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा ठुलोजनधन को क्षती भएपछि प्रधानमन्त्री केपि शर्मा ओलीले आज बाढिग्रस्त क्षेत्रको निरक्षण गरेका छन्।
सुरुमा हेलम्बु गाउँपालिकाको किउल,गणेश बगरमा आएका प्रधानमन्त्री ओलीले बाढी पीडितलाई धैर्य गर्न आग्रह गरे। ‘तपाईंहरु अहिले ठुलो बिपत्तीमा हुनुहुन्छ ,आफन्त र सम्पत्ति पनि गुमाउनु भएको छ,यस्तो अवस्थामा धेर्य गर्नुको बिकल्प छैन ।’ प्रधानमन्त्रीले भने।
पीडितहरु को साथमा आफू र तिनै तहका सरकार साथमा रहेकाले केही समयपछि क्षतिग्रस्त संरचनालाई पुरानै अवस्थामा ल्याउन लागि पर्ने प्रतिबद्धता जनाए ।
बाढीले क्षतिग्रस्त घर,बिद्यालय,लगायत सबै संरचना छिटो निर्माण हुने भन्दै सगै आएका यातायात मन्त्री वसन्त नेम्वाङ लाई निर्माण कार्य थाल्न निर्देशन दिएका थिए ।
बाढीबाट बिस्थापितलाई अस्थायी आवसका लागि चार बण्डल जस्ता र नगद ५० हजार तत्काल प्रदान गर्ने प्रधानमन्त्री ओलिले बताए ।
गत बर्ष गठन गरेको बिपद प्राधिकरण मार्फत तोकिएको मापदण्डअनुसार यस क्षेत्रका पीडितलाई आवस निर्माणकार्य का लागि रकम प्रदान गरिने प्रधानमन्त्रीले जानकारी दिए । प्रधानमन्त्री ओलीले अब निर्माण हुने संरचना नदि छेउमा निर्माण गर्न नहुनेमा जोड दिए ।
बिपत्ति छ,यस्तो बेलामा हामी कसैले पनि राजनीति नगरौ,सबैले पीडितलाई सहयोग गरौं ।’ प्रधानमन्त्री ओलीले भने। प्रधानमन्त्री सगै भौतिक यातायात मन्त्री वसन्त नेम्वाङ ,प्रधानमन्त्री पत्नी राधिका शाक्य ,पुर्व मन्त्री शेरबहादुर तामाङ ,दावा तामाङ ,गृह सचीव लगायत सरकारी अधिकारीहरु हेलम्बु क्षेत्रमा आएका थिए ।
हेलम्बु गाउँपालिकाले स्थापना गरेको बाढिपिडित कोषमा मेलम्ची खानेपानी आयोजनाले प्रदान गरेको १ करोड ५० लाख रुपैयाँ प्रधानमन्त्री ओलिले गाउँपालिकालाई हस्तान्तरण गरेका थिए । प्रधानमन्त्री ओलि सहितको टोलीले शनिबार नै मेलम्ची नगर पालिका क्षेत्रमा पनि निरिक्षण गर्ने कार्यक्रम रहेको छ।