कोपा अमेरिकाको उपाधी अर्जेन्टिनालाई

काठमाडौं । कोपा अमेरिका फुलटब प्रतियोगिताको उपाधी अर्जेन्टिनाले हात पारेको छ । आज बिहान सम्पन्न फाइनलमा अर्जेन्टिनाले ब्राजिललाई १ गोल प्रहार गदैं उपाधी जितेको हो ।

डिमारियाले शानदार गोल गरी पहिलो हाफमा टिमलाई अग्रता दिलाएका थिए । खेलअवधिभर दुवै पक्षबाट गोलको सुन्दर अवसर गुमाएका थिए । अर्जेन्टिनाका लागि डिमारिया र गोलरक्षक इमिलियानो मार्टिनेज उपाधीका लागि निर्णायक सावित भए ।

अर्जेन्टिनाले कोलम्बियालाई हराउँदै फाइनलमा स्थान बनाएको थियो भने ब्राजिल पेरुलाई हराएको थियो । फाइनल खेलमा अर्जेन्टिनाका लागि मेस्सी र ब्राजिलका नेमारले माध्यम खेल प्रर्दशन गरेका थिए । कोपामा डिमारियाको खेल निकै उत्कृष्ट मानिएको छ ।

यसअगाडीका खेलमा दोस्रो हाफमा खेलमैदानमा देखिने डिमारियाले खेलमा आफ्नो लयलाई फाइनलसम्म राख्न सफल भए मेस्सीले आफ्नो नेतृत्वमा कोपा जित्दै अर्जेन्टिानाको खेल इतिहासमा म्यारोडना जस्तै चम्किन सफल भए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty two − eighty one =