गणको उद्घाटन गर्दै सशस्त्रका आईजीपीले भने: निर्वाचनका लागि मानसिक र शारीरिक रूपमा तयार रहनू

काठमान्डौं । उदयपुरस्थित सशस्त्र प्रहरी बल नम्बर ५ गणको उद्घाटन गरिएको छ । त्रियुगा नगरपालिका-९ मा नवनिर्मित गणको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उद्घाटन गरेका हुन् ।

उनले सांगठनिक संरचना समयानुकूल परिमार्जन गर्दै लैजाने सिलसिलाअन्तर्गत तत्कालीन त्रियुगा गुल्मलाई गणमा स्तरोन्नति गरिएको बताए ।

उनले सीमा सुरक्षालाई प्रभावकारी बनाउन २२४ वटा बोर्डर आउट पोस्ट स्थापना भइसकेको र यो वर्ष १२० वटा थप गर्ने गरी गृहकार्य भइरहेको बताए । महानिरीक्षक खनालले छांगरुदेखि ओलाङ्चुङ गोलासम्म र हिल्सादेखि कीमाथांकासम्म तैनाथ भएर सशस्त्र प्रहरीहरूले आफ्नो कर्तव्य निर्वाह गरिरहेको बताए ।

उनले मनसुनजन्य उद्धारमा तत्काल र जुनसुकै बेला परिचालित हुनको लागि तयारी हालतमा बस्नसमेत निर्देशन दिएका छन् । ‘आगामी कात्तिक २६ र मंसिर ३ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलाई सुरक्षित र मर्यादित रुपमा सम्पन्न गर्न सुरक्षा व्यवस्थालाई सशक्त बनाउन दिइएको निर्देशनअनुसार नयाँ चुनौतीको सामना गर्न मानसिक र शारीरिक रुपले तयार रहन निर्देश गर्दछु,’ उनले भने ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

99 ÷ eleven =