देउवा–प्रचण्डको छलफलपछि मात्रै माओवादीले सरकारमा जाने मन्त्री टुंग्याउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि मात्रै आफ्नो पार्टीबाट सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाउने भएको छ ।

आज बसेको माओवादी स्थायी कमिटी बैठकले पहिले देउवासँग छलफल गर्ने र मन्त्रिमण्डलमा पठाउने व्यक्तिबारे टुंगो लगाइने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले अहिले सबै दलहरुबीच सल्लाह भइरहेको र कुन कुन दल सरकारमा सहभागी हुने भन्ने टुंगो लागेपछि मात्रै मन्त्रीबारे निर्णय हुने बताए ।

‘आजै दिउँसो हाम्रो पार्टीका अध्यक्ष देउवाजीसँग छलफल गर्दै हुनुहुन्छ । त्यसपछि मात्रै कसलाई पठाउने भन्ने टुंगो लाग्छ ।’ उनले नामबारे भने अहिले कुनै निर्णय नभएको जानकारी दिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty ÷ = five