काठमान्डौं । आज दिउँसो देशबासीका नाममा सम्बोधन गरिसकेपछि प्रधानमन्त्री ओलीले बालुवाटार छाड्ने कार्यक्रम रहेको छ ।
१२ बजे नै सबै सामानहरू प्याकिङको काम सकिइसकेको बालुवाटार स्रोतले दाबी गरेको छ ।
“हामी २ बजेपछि मूभ हुने कार्यक्रम रहेको जानकारी आएको छ,” बालुवाटारस्थित सुरक्षा स्रोतले सूत्रन्यूजलाई जानकारी दियो, “अहिलेसम्म प्याकिङका काम लगभग सकिएको छ । कतिपय सामान त गाडीमा लोड गरिसकिएको छ ।”
सोमवार सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । अदालतकै आदेशअनुसार देउवा आज ५ बजे वल्तिरै प्रधानमन्त्रीमा नियुक्त हुनेछन् ।
ओलीले त्यसअघि नै बालुवाटार छोडेर बालकोट जाने मनस्थिति बनाएका हुन् ।
Facebook Comments Box