काठमान्डौं । नेपाल प्रहरीका जवान राजेशकुमार यादव का-रबा-हीमा तानिएका छन् । प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट प्रहरी घोषणा गरेको महिना दिन नपुग्दै यादव कारबाहीमा तानिएका हुन् ।
प्रहरीको मनोवल उच्च बनाउँदै अपराध नियन्त्रण, अनुस-न्धान एवं ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रदेश १ प्रहरी कार्यालय विराटनगरले नगर प्रहरी कार्यालय विराटनगरमा कार्यरत यादवलाई जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेर पुरस्कृत गरेको थियो ।
जघन्य प्रकृतिका अप-रा-धका फरार प्रतिवादीलाई प-क्राउ, चो-री तस्क-री नियन्त्रण लगायतमा उनी अब्बल देखिएको भन्दै तत्कालीन डिआइजी ईश्वरबाबु कार्कीले उनलाई सम्मान गरेका थिए ।
विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रहेर उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्दै अपराधमा संलग्न फरार प्रतिवादीहरूलाई पक्राउ गरी अपराध अनुसन्धान एवं नियन्त्रणमा विशेष योगदान पु¥याउन यादवले भूमिका खेलेर डिआइजीलाई रिझाएका उनी एक महिना बित्न नपाउँदै कार-बाहीमा तानिएका हुन् ।
जताततै पैसा असुलेको उजुरी अख्ति-यारमा परेपछि अख्ति-यारले प्रहरीलाई अनुस-न्धान गर्न निर्देशन गरेको थियो ।
त्यसबाहेक सीमाबाट हुने तस्करीको लाइन मिलाउनका लागि तत्कालीन प्रहरीका उच्च अधिकारीहरूले परिचालन गर्ने गरेको आरोप थियो ।
उनले प्रहरीका उच्च अधिकारीलाई मिलाउनु पर्ने भन्दै रकम माग्ने गरेको व्यहोराको उजुरी अख्तियारमा परेपछि छानबिन सुरु गरिएको छ ।
प्रदेश प्रहरी कार्यालय रानीका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी नवीनराज राईले अख्तियारले प्रश्न उठाएपछि केही सोधपुछका लागि बोलाइएको बताए ।
यादवले मोरङको सीमा क्षेत्रबाट हुने अवैध तस्करीको लाइनमा संस्थागत सेटिङको नेतृत्व गरेको आ-रोप लाग्दै आएको थियो ।