काठमाडौं । नवनियुक्त प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति कार्यालय बाट तोकिएको समयभन्दा ३५ मिनेटपछि मात्रै प्रधानमन्त्रीको रुपमा सपथ लिने भएका छन् ।
सोमबार सर्वोच्च अदालतको फैसलापछि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले काङ्ग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
नियुक्ति सङ्गै साँझ ६ बजे सपथको लागि बोलाइएको भएपनी ज्योतिषको सल्लाह अनुसार देउवाले ६ बजे सपथ नलिने स्रोतले बतायो ।
जहिलेसुकै ज्योतिषलाई हेराएर मात्रै निर्णय लिने देउवाले ज्योतिषीको सल्लाहअनुसार साँझ ६स्३२ बजेपछि सपथ लिनु उत्तम हुने खबर पाएका थिए ।
उनले यसअगाडि प्रधानमन्त्री हुँदा र काङ्ग्रेस सभापतिमा उम्मेदवारी दिदा समेत ज्योतिषको सल्लाह अनुसार निर्णय लिएका थिए ।
आजै प्रधानमन्त्री देउवाले काङ्ग्रेससहित माओवादी केन्द्रलाइ समेटेर सानो आकारको मन्त्रीम्ण्डल गठन गर्ने उनको सचिवालयले जनाएको छ ।