काठमान्डौं । युवाहरु को मन मा आफ्नो छवि बनाउन सफल, बुद्धिजीवी तथा समाजसेवि गाजा अभियान्ता भिम उपाध्याय ले नेपालीको मन मा बस्न सफल नेपालका “लाईट म्यान” कुलमान घिसिङ लाई पुनस् बिधुत्त प्राधिकरण मा ल्याएर आफ्नो पदको छबि उच्च राख्ने मौका आज पुन: पाँचौ पटक नवनियुक्त हुन लाग्नु भएका प्रधानमन्त्रीलाई रहेको बताउनु भएको छ।
प्रम शेरबहादुर ज्यू, सपथपछि पहिलो निर्णय कुलमान घिसिङलाई बोलाएर फेरि विद्युत प्राधिकरणको नेतृत्व लिएर सरकारलाई सहयोग गर्न अनुरोध गर्नुहोला। जनताको मन जित्न ठूल्ठूला कामहरू गर्नै पर्दैन। यस्तै ससाना कामहरूले हो जनप्रिय हुने।
कुलमान घिसिङले अन्धकारबाट नेपाललाई मुक्त गराएपछि उहाँलाई सम्मान र माया नगर्ने कोहि भएन । दिनमा १८ घण्टा सम्म लोडसेडिङ हुने देशमा एकाएक एकछिनपनि लोडसेडिङ नहुने अवस्थामा नेपाललाई पुर्योउन उहाँको योग्दान ठूलो छ ।
अझ भन्ने हो भने, उहाँले नै नेपाललाई लोडसेडिङ मुक्त गराउनु भएको हो । उहाँले व्यवस्थापन पक्ष सहित समग्र प्राधिकरणको विकासमा भुमिका खेल्नु भएको छ ।
उहाँको नाम लिइरहदा त्यतिबेलाका उर्जा मन्त्री जनार्दन शर्माको नाम भने छुटाउनु हुदैँन । काम गर्न सक्ने मान्छेलाई राज्यको सहयोग भएपछि के चाहिन्छ र काम धमाधम चलिरहन्छ ।
जनार्दन शर्माले जसरी साथ, सहयोग र राज्यको शक्ति कुलमानको काममा लगाउनुभयो, त्यस्ले नै कुलमानलाई लक्ष्य हासिल गर्न अवरोध नभएको हो ।
कुलमानलाई देशको उर्जामन्त्री बनाइदिए के होला रु उहाँले जसरी यस क्षेत्रमा अध्ययनशिल भएर उत्कृष्ठ कदम चाल्नुभएको छ त्यसलाई हेर्ने हो भने उहाँलाई उर्जामन्त्री बनाउँदा देशले उर्जा क्षेत्रमा व्यापक सफलता पाउनेछ ।