आईपिएलमा धोनीको टिम चेन्नाईको अर्को लज्जाष्पद हार, किङ कोहलीको शानदार ब्याटिङ

एजेन्सी, २५ असाेज । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले चेन्‍नइ सुपर किङ्सलाई ३७ रनले पराजित गरेको छ । बैंगलोरले जितका लागि दिएको १७० रनको लक्ष्य पछएको चेन्‍नइले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन बनायो ।

बैंगलोरका लागि अंबाती रायडुले सर्वाधिक ४२ रनको पारी खेले । त्यस्तै नारायन गजादेशनले ३३ रन जोडे । बलिङतर्फ बैंगलोरका क्रिस मोरिसले सर्वाधिक तीन विकेट लिए । त्यस्तै वासिन्टन सुन्दरले दुई विकेट लिए । त्यस्तै युजेभिन्द्र चहाल र इस्रु उडानले समान एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७९ रन बनाएको थियो । बैंगलोरका लागि कप्तान विराट कोहलीले ५१ बल खेलेका उनले ४ चौका र ४ छक्काको हसयोगमा नट आउट ९० रनको पारी खेले । त्यस्तै देवदत्त पाडिकलले ३३ रन जोड्दा शिभम् डुबेले २२ रन बनाए ।

बलिङतर्फ चेन्‍नइका लागि सार्दुल ठाकुरले दुई विकेट लिए । त्यस्तै दीपक चहार र श्याम करनले समान एक-एक विकेट लिए । आजको जितसँगै बैंगलोरले ६ खेलबाट ८ अंक जोडेको छ । बैंगलोर तालिकाको चौथो स्थानमा रहेको छ । यता ७ खेल खेलेको चेन्‍नइ ४ अंक सहित तालिकाको छैटौं स्थानमा छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nine × = 90