काठमाडौं । सरकारले सार्वजनिक सवारीको भाडा वृद्धि गरेको छ । २९ असारको यातायात व्यवस्था विभागको निर्णय अनुसार २० देखि २६ प्रतिशतसम्मले भाडा वृद्धि गरिएको हो ।
यात्रुवाहक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रशित र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २६ प्रशितले भाडा वृद्धि गरिएको यातायात व्यवस्था विभागका निर्देशक डा. लोकनाथ भुसालले आज सुचना जारी गरी जानकारी गराएका छन् ।
इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरुको अंश ६५ प्रतिशत मानी भाडादर निर्धारण भएको विभागले जनाएको छ ।
Facebook Comments Box