कात्तिक २६ र मङ्सिर ३ गते घोषणा गरिएको चुनाव निर्वाचन आयोग द्वारा रद्द !

काठमान्डौं । निर्वाचन आयोगले सर्वोच्च अदालतबाट यही असार २८ गते भएको आदेशअनुसार प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत कार्यतालिका रद्द गरेको छ।

अदालतको आदेशानुसार आगामी कात्तिक २६ र मङ्सिर ३ गते हुने भनी घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनका लागि आयोगबाट यही असार २१ गते स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

अघिल्लो सरकारले प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचन गर्ने घोषणा गरेकामा सर्वोच्च अदालतले त्यसलाई बदर गरी आगामी साउन ३ गतेभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश जारी गरेको छ।रासस

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty five − seventy eight =