गोकुल बास्कोटा भन्छन–माधव नेपाललाई देवता मान्नेले उनका तीन घुम्तीको समीक्षा गर

काठमाडौं । एमाले नेता गोकुल बास्कोटाले माधव नेपाललाई देवता मान्नेहरुले उनको तीन घुम्तीको समीक्षा गर्न आग्रह गरेका छन् । छैटौं, सातौ र नवौं महाधिवेशनमा नेपालले गरेका वितण्डाको समीक्षा गर्न उनले आग्रह गरेका हुन् ।

‘माधब नेपाललाई विधि, पद्दति, अनुशासन, समन्वय र प्रजातान्त्रिक गुणका बत्तीसै लक्षणयुक्त देवता मान्ने साथीहरुले यी तीन घुम्तीको समीक्षा गर’ सामाजिक संजालमा उनले लेखेका छन्,

‘छैठौं महाधीवेशनमा वमदेव गौतमले नेतृत्वमा चुनौती पेश गरेपछि नेपालगन्जबाट खेदान, सातौमा ओलीलाई फरकमत पेश गर्नै बन्देज, नवौमा उनले हारेयताका वितण्डा।’

एमाले अध्यक्ष केपी ओलीका विश्वासपात्र नेता बास्कोटा एक दुई बिराएर सामाजिक संजालमा नियमितजस्तो माधव नेपालप्रति केही न केही कटाक्ष गर्दै आएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ forty three = forty nine