बिप्लव र बाबुराम भट्टराईको भेटवार्ता, पूर्व माओवादी एक हुने सम्भावना बढ्दो !

काठमाडौं । नेपाल कम्न्युष्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द “बिप्लव” ले आज बिहान जसपाका नेता डा बाबुराम भट्टराईसंग भेटवार्ता गरेका छन् ।

बिप्लव अहिले पूर्व माओवादीका नेताहरुसंग भेटवार्ता गर्दै कम्न्युष्ट पार्टी एकीकरणको लागि पहल गरिएको बुझिएको छ । एमालेका नेता माधव कुमार नेपाललाई समेत भेटेर वार्ता गरेका छन् । बिप्लवको सचिवालयले किन भेट गरेको विषय खुलाएको छैन ।

बिप्लवले आगामी चुनावमा पूर्व माओवादी एक हुने र सके छरिएर बसेका कम्न्युष्ट नेताहरुलाई समेत ल्याएर पार्टी एकीकरण गरि चुनावमा भाग लिने योजना बनाईरहेका छन् । केपी ओलीले सम्झौता अनुरुप साथ नदिए पछि बिप्लव अहिले देउवाको सरकारलाई आफ्नो मागहरु सम्बोधन गर्न आग्रह गरिरहेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले बिप्लवको प्रस्तावमा ग्रिन सिग्नल दिए पश्चात माधव कुमार नेपाललाई भेट्न उनको निवास पुगेका थिए ।

माधव कुमार नेपाललाई एमाले पार्टी छोडेर एकीकृत नयाँ पार्टीको अध्यक्षता गर्न आग्रह समेत गरेका थिए प्रचण्डले । माधव नेपालले एमाले एकताको अन्तिम प्रयास गर्ने बताएका थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seven × 1 =