नेपाल पक्षका नेताहरु बाहिरिए, ओली भन्छ्न रचनात्मक प्रतिपक्षमा रहन्छौँ

काठमान्डौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा भइरहँदा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु पनि बैठकमा सहभागी हुनुभएको छ ।

तर उहाँहरुले बैठकमा सहभागी हुनुभन्दा पनि अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न आफूहरु बैठक स्थलमा आएको बताउनुभएको छ ।

एमाले सत्ताबाट बाहिरिएपछि पहिलो पटक आज शुक्रबार बसेको स्थायी कमिटी बैठक स्थलमा पुग्नुभएका नेता भीमबहादुर रावलले एमाले र देशको हितका लागि एमाले एकतामा आफूहरुले जोड दिएको बताउनुभयो ।

एमालेजस्ता जनमत बोकेको पार्टी विभाजन र मतभेदमा पर्नु राष्ट्रिय राजनीतिमा त्यसको कुप्रभाव पर्नु हो भन्नुभयो । देशको र जनताको हितका लागि पनि एमाले एक हुन आवश्यक रहेको भन्दै आफूहरु त्यसका लागि सक्रिय रहेको बताउनुभयो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− one = three