लाइसेन्स जाँच: सवारीचालक अनुमतिपत्रका लागि आवेदन खोल्दै यातायात विभाग, रोकिएको परीक्षा कहिलेबाट सुरु हुन्छ ?

काठमान्डौं । कोरो,ना भा,इरस महामारी रो,कथाम तथा नियन्त्रणका लागि प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गर्दा बन्द भएको सवारीचालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन तथा परीक्षा दुई साताभित्र खुला गर्नेू गृहकार्य थालिएको अधिकारीहरूले बताएका छन्।

सरकारले काठमाण्डू उपत्यकासहित विभिन्न सहरमा गत वैशाख १६ गतेबाट जारी गरेको निषेधाज्ञा निरन्तर खुकुलो पार्दै लगेको अवस्थामा लाइसेन्सको आवेदन र परीक्षा थाल्ने तयारी गरिएको यातायात व्यवस्था विभागका महानिर्देशकले जानकारी दिएका छन्।

विभागले यसका लागि काठमाण्डू उपत्यकाका यातायात कार्यालय प्रमुखहरूसँग छलफल गरेको तथा उनीहरूलाई प्रदेशका सम्बन्धित निकायसँग परामर्श गरेर जानकारी गराउन अनुरोध गरेको बताइएको छ।”जेठ महिनादेखि सवारी चालक अनुमतिपत्र परीक्षा उत्तीर्ण गर्ने प्रक्रिया सहजु लाइसेन्स प्राप्त गर्न “६र७ महिना कुर्नुपर्नेु लिखितमा ८० अङ्क ल्याउनुपर्ने प्रावधान अहिले यातायात कार्यालयहरू प्रदेश सरकारमातहत रहने र छुट्टाछुट्टै कार्यालयले सूचना जारी गर्नुभन्दा एकीकृत सूचना सार्वजनिक गर्न उपयुक्त हुने आफूहरूको धारणा रहेकाले त्यसैअनुरूप कुराकानी भएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए।

लाइसेन्स वितरण कति सहज होला ?
अहिले विभिन्न विश्वविद्यालयका परीक्षा सञ्चालन गर्नेगरी तयारी भइरहेको अवस्थामा लाइसेन्स प्राप्तिका हकमा पनि समस्या नहुने आफूहरूको अपेक्षा रहेको घिमिरेले बताए।

“तर हामीले भनेर मात्रै चाहिँ हुँदैन। प्रदेश सरकारको निर्णयमा पनि भर पर्छ,” उनले भने।

काठमाण्डूमा शुक्रवार नै जिल्ला प्रशासन कार्यालयसँग अनुमतिबारे जानकारी लिने जानकारी घिमिरेले दिए।

त्यसबाहेक को,रो,नाभा,इरस सङ्क्र,मणबीच को,भिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँग पनि अनुमति माग गरिने बताइएको छ।

“गत वर्ष सीसीएमसीले विद्यालयहरू नखोलेसम्म ट्रायल परीक्षा गर्न अनुमति दिएको रहेनछ। यो वर्ष के गर्छ मैले हाम्रो निर्देशकलाई सीसीएमसीसँग छलफल गर्न भनेको छु,” घिमिरेले थपे।

“मेरो लक्ष्य चाहिँ आज बुझेर आइतवारसम्म सूचना जारी गर्न सकियो भने अर्को आइतवारबाट ट्रायल परीक्षा सञ्चालन गर्न सकिन्छ भन्ने अपेक्षा हो,” उनले भने।

“मान्छेहरू कहाँकहाँ पुगेका हुन्छन्, समय दिनुपर्‍यो।”

शुक्रवारदेखि काठमाण्डू उपत्यकाका तीन जिल्लामा निश्चित सर्त पालना गरेर लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारीहरूले जारी गरेको छुट्टाछुट्टै आदेशमा उल्लेख छ।

कसको परीक्षा कहिले हुन्छ ?
वैशाख १६ गते ट्रायल परीक्षा वा लिखित परीक्षाका लागि मिति उपलब्ध गराइसकिएको र अब परीक्षा हुने दिनका लागि समय पाएकाहरूलाई (साउन ९ बाट खुल्यो भने त्यसै दिनका लागि मिति पाएको) एकैपटक परीक्षा गराएर निषेधाज्ञाका कारण रोकिएका आवेदकहरूका साथै नियमित प्रक्रिया नमिचिनेगरी परीक्षा अघि बढाउने गरी छलफल गरिएको बताइएको छ।

अहिले देशैभरि ४,५०,००० जनाभन्दा बढी सर्वसाधारणले लाइसेन्सका लागि आवेदन दिएको बताइएको छ।

“आवेदन अनलाइन दिने भएकाले नरोकेको भए पनि हुन्थ्यो तर त्यो बढ्दै गएर निकै ठूलो सङ्ख्या हुने भएकाले मानिसलाई मनोवैज्ञानिक त्रास नबनोस् भनेर रोकिएको हो,” उनले भने।

गत वैशाख १५ गतेसम्म सर्वासाधारणहरूले लाइसेन्स प्राप्तिका लागि आवेदन दिएका थिए।

कसरी हुन्छ परीक्षा ?
लाइसेन्स लिनका लागि हुने परीक्षा प्रणालीलाई केही खुकुलो बनाउने तयारी विभागले यसअघि नै थालिसकेको छ।

सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिकामा लिखित परीक्षाका लागि ५०० वटा प्रश्न सार्वजनिक गरिने र त्यसभित्रबाट मात्रै सोधिने अनि प्रयोगात्मक परीक्षामा ७० प्रतिशत अङ्क ल्याए उत्तीर्ण हुने बताइएको छ।

अबको परीक्षा नयाँ प्रावधानअनुरूप नै हुने घिमिरेले जानकारी दिए।

ए (मोटरसाइकल, स्कूटर, मोपेड), बी (कार, जीप, डेलिभरी भ्यान) र के (स्कूटर, मोपेड) श्रेणीका साधनमा त्यो लागु हुने बताइएको छ।

“जसको लिखित भयो तर ट्रायल बाँकी छ, ऊ परीक्षाको प्रक्रियामा छिरिसकेकाले नयाँबाट गर्न मिल्दैन। अब आउने चाहिँ लिखित र ट्रायल दुवै नयाँ प्रणालीबाट हुन्छ। त्यसको प्राविधिक तयारी करिबकरिब सकिसकेका छौँ,” उनले भने।

त्यसका लागि केही यातायात कार्यालयले दुई शिफ्टुमा काम गर्न सक्ने जानकारी दिएको घिमिरेले बताए।

सरकारले गत जेठ १ गतेदेखि नै नयाँ निर्देशिकामा आधारित रहेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो।

नयाँ प्रावधानमा के छ ?
यसअघिको निर्देशिकामा लिखित परीक्षाका लागि प्रश्नको कुनै सङ्ख्या तोकिएको थिएन भने उत्तीर्ण अङ्क ५० राखिएको थियो।

त्यस्तै प्रयोगात्मक परीक्षामा सबै सूचकमा उत्तीर्ण भएर १०० अङ्क नै ल्याउनु पर्ने बाध्यात्मक व्यवस्था थियो।

नयाँ प्रणालीअनुसार सार्वजनिक गरिएका ५०० प्रश्नमध्ये २० वटा सोध्ने र ८० प्रतिशतसम्म मिलाउने आवेदक लिखित परीक्षामा पास हुने बताइएको छ।

के तपाईँ घर बसीबसी चालक अनुमतिपत्र लिन चाहनुहुन्छरु

ट्राफिक प्रहरीसँग स्मार्ट लाइसेन्सको जाँच मेसिन एउटा मात्र

प्रयोगात्मक परीक्षाका लागि हेरिने विषयको पनि सूचक बनाएर त्यसलाई निश्चित अङ्क दिइएको अधिकारीहरू बताउँछन्।

उक्त परीक्षामा १०० मा ७० ल्याउनेलाई पास गर्ने व्यवस्था गरेका कारण सानो गल्तीका कारण अनुत्तीर्ण हुने अवस्थाको अन्त्य हुने विभागका सूचना अधिकारी लोकनाथ भुसालले जानकारी दिए।

के गर्दा घट्छ अङ्क ?
नयाँ प्रावधानअन्तर्गत प्रयोगात्मक परीक्षामा सबैभन्दा बढी ट्राफिक सङ्केतको पालना नगरेमा १५ अङ्क घट्ने व्यवस्था गरिएको छ।

त्यस्तै सङ्केत चिह्न छोएमा, खुट्टाले भुइँमा टेकेमा, मोडमा इन्डिकेटर बत्ती नबालेमा लगायतका गल्ती हुँदा फरकफरक अङ्क घट्ने व्यवस्था गरिएको छ।

अहिले लाइसेन्स परीक्षा उत्तीर्ण गर्ने दर ३० देखि ३५ प्रतिशत रहेकामा नयाँ व्यवस्था लागु भएपछि बढेर ५० देखि ६० प्रतिशतसम्म पुग्ने अपेक्षा विभागको छ।

ठूला सवारी चलाउने अनुमतिपत्र लिँदा भने अहिलेकै व्यवस्था कायम रहने अधिकारीहरूको भनाइ छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty + = twenty six