काठमाडौँ । नेकपा माओवादी केन्द्रले आइतबारका लागि संसदीय दलको बैठक बोलाएको छ । आइतबार बिहान ११ बजेका लागि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको बैठक बोलाइएको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा सहभागी माओवादी केन्द्रले थप मन्त्रीको टुंगो लगाउन तथा समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर छलफल गर्ने भएको छ ।
सर्वोच्च अदालतको आदेशबाट प्रधानमन्त्री नियुक्त भएका देउवा सरकारमा माओवादीबाट दुई जना मन्त्री भइसकेका छन् । साथै कांग्रेसबाट पनि दुई जना मन्त्री भएका छन् ।
भोलि नै कंग्रेसले पनि संसदीय दलको बैठक बोलाएको छ ।
सरकारलाई पूर्णता दिने विषयमा गठबन्धनमा रहेका कांग्रेस र माओवादी दुवैले संसदीय दलको बैठक बोलाएका हुन् ।
Facebook Comments Box