रावलको राजीनामा व्यक्तिगत हो, हतियार फालेर संविधान जोगिँदैन: रामकुमारी झाँक्री

काठमाडौं । प्रतिनिधिसभा सांसद रामकुमारी झाँक्रीले नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सांसद् पदबाट दिएको राजीनामा व्यक्तिगत भएको प्रतिक्रिया दिएकी छिन्।

आफ्नो समूहमा कुनै बिग्रह नआएको भन्दै झाँक्रीले रावलले राजिनामा दिएर संविधान नजोगिने बताइन्। हतियार फालेर संविधानको रक्षा नहुने उनको तर्क थियो।

“उहाँले इन्डिभिज्युअल इस्युमा दिनुभएको होला। राजीनामा दिएर संविधान जोगिने होइन। भएको हतियार फालेर संविधान जोगिन्छ जस्तो लाग्दैन। भोट दिने हो र भोट दिएर संसदलाई क्रियाशिल बनाउँने हो,” झाँक्रीले भनिन्।

रावलले प्रतिनिधिसभाको आइतवारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि राजिनामा दिएका हुन्। उनी नेकपा एमालको विवाद समाधानका लागि विगठित कार्यदलमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट संयोजक रहेका थिए।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

three × = 12