यातायात व्यवसायीको र्‍यालीले काटेश्वरदेखि सानेपासम्मै जाम, यात्रु मर्कामा

काठमाण्डौ । यातायात व्यवसायीले गाडीसहित निकालेको र्‍यालीले काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।

भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग गर्दै उनीहरुले चक्रपथमा र्‍याली निकालेका छन् । र्‍यालीका कारण काटेश्वरदेखि सानेपासम्म नै जाम भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । उपत्यकाका भित्रि सडकमा भने जाम छैन ।

कोरोनाको जोखिमका कारण भएको निषेधाज्ञाले समस्यामा परेका व्यवसायीलाई राहतको व्यवस्था तथा गाडीको बिमा, नवीकरण र जरिवाना छुट तथा कोरोना विरुद्धको खोप लगायतका माग उनीहरुले राखेका छन् ।

उनीहरुले एकान्तकुनामा रहेको यातायात कार्यालय घेराउ गर्ने बताएका छन् । व्यवसायीको विरोध र्‍यालीका कारण यात्रु भने समस्यामा परेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ twenty five = 26