काठमाडौँ । सरकारले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपचारको लागि ३० लाख रुपैयाँ बजेट निकासा गरेको छ। अर्थ मन्त्रालयले मन्त्रिपरिषदको निर्णयअनुसार उपचार खर्च निकासा गरेको हो।
अर्थ मन्त्रालय बजेट महाशाखाका एक अधिकारीले मन्त्रिपरिषदको निर्णयअनुसार बजेट निकासा भएको बताए। मन्त्रिपरिषदले निर्णय गरेपछि रकम निकासाको प्रक्रिया सुरु भएको ती अधिकारीको भनाइ छ।
पूर्वप्रधानमन्त्री खनाल हाल भारतमा उपचार गराइरहेका छन्। तत्कालीन केपी ओली सरकारको मन्त्रिपरिषद बैठकले उपचार खर्च व्यहोर्ने निर्णय गरेको थियो।
सरकार परिवर्तनपछि हालका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि फोनमार्फत स्वयं खनाललाई खर्च सरकारले व्यहोर्ने भन्दै ढुक्कसँग उपचार गर्न भनेका थिए।
Facebook Comments Box