ओलीको टिप्पणी: छुटेर जानेहरू पतनको बाटोमा !

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र र वरिष्ठ नेता माधवकुमार नेपाललाई लक्षित गर्दै छुटेर जानेहरु पतनको बाटोमा रहेको टिप्पणी गरेका छन्। पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘आजको नेकपा एमालेले अनेकता सिलसिलालाई अन्त्य गरेका थियौं, एकीकरणको सिलसिला टुंग्याएका थियौं। तर, अहिले अलिकति छुटेर गएका छन्। ती पतनको बाटोमा गएका छन्।’

एमालेको वर्तमान अवस्था पुष्पलालको दिग्दर्शन र मदन भण्डारीको विचारबाट बनेको उनको भनाइ छ। तर, पुष्पलाल र मदनका विरोधीहरुले उनीहरुकै नाममा विभिन्न संस्था खोलेर बदनाम गर्न लागिपरेको बताए।

उनको भनाइ छ, ‘आज पुष्पलाल दिवंगत भएपछि विरोधीहरुले उनका नाममा अनेक शाखाप्रशाखा खोलेका छन्। सिद्धार्थ गौतमका विरोधीहरु उनकै नाम लिएर हिँडेका थिए। मार्क्सका विरोधीहरु उनका विचार लिएर बदनाम गराउन हिँडेका हुन्।’

मदन भण्डारीका विरोधीले उनको नाममा अनेक संस्था खोलेर उनका विचारलाई वितृष्णाको विषय बनाइरहेको ओलीको भनाइ थियो। यस्तोमा सचेत हुनुपर्ने उनले बताए।

पुष्पलालले रोपेको विरुवा मर्न र ओइलाउन नदिन आफू लागिपरेको उनले बताए। उनले थपे, ‘पुष्पलालले रोपेको र मदन भण्डारीले वैचारिक ढंगले प्रवलीकरण गरेको, तला थपेको, जग मजबुत बनाएको पार्टी हो यो।’

एमाले सानो हावा चल्नेबित्तिकै पोखिने कर्कलाको पात वा ुऔंलो देखाउनेबित्तिकै कुहिने काँक्राको चिचिलोु नभएको उनको भनाइ छ। उनले भने, ‘हामीलाई ढाल्न त सुरुदेखि नै कोसिस भयो। अलिकति खुट्टा हल्लाउन नसकेपछि, वर्तिरबाट पर्तिर सार्न नसकेपछि परमादेश आयो।’

वर्तमान अवस्थामा पनि एमाले देशको प्रमुख पार्टी भएको बताउँदै उनले गलत कृत्यविरुद्ध संघर्ष जारी रहेको बताए।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty five − = sixty one