काठमान्डौं । पर्वत जिल्लाको जलजला गाँउपालिका वडा नं.८, नाग्लिबाङ निवासी जय बहादुर केसी र पबित्र केसीका कान्छा सुपुत्र खड्क बहादुर केसीले गैर आवासिय नेपाली संघ (एन.आर.एन.ए.) बेल्जीयमको अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । उनी बेल्जीयमको स्थानिय सरकार सँग सिधा सम्पर्क गर्न सक्ने क्षमता र पहुँच भएका ब्यक्ति पनि हुन् ।
केसी बेल्जीयममा २ दशक बढी बसोबास गर्दै आएका हुन् भने बेल्जीयमको राजनतिीमा पनी उत्तिकै सक्रिय छन् । बेल्जीयमको डच भाषामा डिप्लोमा गरेका योग्य उम्मेदवार खड्क बहादुर केसी बेल्जीयमा बसोबास गर्दै आईरहेका नेपालीहरुको सुख दुखको सारथी बन्दै आएका छन् ।
नेपालमा बि.बि.एस. सम्मको अध्ययन गरेका केसी एक सफल ब्यवसायी र सामाजिक अभियन्ताको साथमा एक राजनितीज्ञ पनी हुन् । निज केसी बेल्जीयममा २०१४ मा भएको स्थानिय निकायको निर्वाचनमा नगरपालिकाको सदस्य र बेल्जीयमको केन्द्रिय सांसदको उम्मेदवार पनी भएका थिए ।
(एन.आर.एन.ए.) बेल्जीयमको २ कार्यकाल उपाध्यक्ष भएर समेत काम गरीसकेका खड्क बहादुर केसीले भुकम्पको बेलामा पनी भुकम्प पिडित नेपालीहरुको स्थायी बसोबासका लागी सांसदमा निबेदन पत्र पेश गरेका थिए भने हाल कोरोनाको महामारीमा केसी कै नेतृत्वमा २५० जनालाई खोप लगाउन सफल भएका थिए ।
बेला बेलामा बेल्जीयममा समस्यामा परेका नेपालीहरको लागी कोठा भाडा तिर्ने र राहत बितरणको ब्यवस्था मिलाउने जस्ता सामाजिक कार्य गरेका उनै केसीले बेल्जीयममा बस्ने नेपालीहरुको लागी स्वास्थ्य बिमा गर्न सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्य गरेका थिए ।
(एन.आर.एन.ए.) बेल्जीयमका अध्यक्ष पदका प्रत्यासी उम्मेदवार खड्क बहादुर केसीले आफुलाई अत्याधिक मत दिएर जिताउन अपील गर्नका साथै निर्वाचित भईसकेपछि बेल्जीयमबासी नेपाली नागरीकहरुलाई कहिल्यै निरास नबनाउने प्रतिबद्धता जाहेर गरेका छन् । एन।आर।एन।ए। बेल्जीयमका अध्यक्ष पदका प्रत्यासी उम्मेदवार खड्क बहादुर केसीका भाबी कार्य योजनाहरु यस प्रकार रहेका छन् ।
१, नेपाली र नेपालीहरुको पहिचान खुल्ने गरी बेल्जीयममा साँस्कृतीक भवन बनाउन पहल गर्ने ।
२, युवा पुस्ताको मागहरुलाई सम्बोधन गरी संस्था प्रती आकर्षीत गर्ने ।
३, बेल्जीयमका सबै नेपालीहरुका लागी फाईदाजनक अभियान चलाउने र एकताबद्ध गरी नेपालीहरुलाई आकर्षीत बनाउने ।
४, मातृभुमीका लागी नेपालीहले बेल्जीयममा सिकेका सिप, ज्ञान, क्षमता र पुजीलाई नेपालको बिकाश अनी हितमा प्रयो गर्न सचेतना अभियान चलाउने ।
५, मातृभुमी र नेपाली समाज बेल्जीयमका लागी हित हुने खालका कार्यक्रम गर्ने,
६, एन.आर.एन.ए. केन्द्रको NRNA अभियानलाई स्थापित गराउन पहल गर्ने ।
७, नेपाली समुदायलाई बेल्जीयमको स्थानिय समुदाय सँग घुलमिल गराई समाजको हितमा काम गर्ने ।
८, उच्च शिक्षा हासिल गरेर पनी भाषामा समस्यामा कारण राम्रो रोजलगारी नपाएका नेपालीहरुका लागी आवश्यक तालीम र सहयोगका लागी योग्दान गर्ने ।