काठमाडौं । आज (शुक्रबार) देखि लामा तथा छोटा दुरीका सम्पूर्ण सार्वजनिक यातायात सञ्चालनमा आउने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गरी गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोगलगायतका निकायहरूबाट परीक्षाका कार्यक्रम सार्वजनिक भएकाले त्यसको सहजताका लागि सम्पूर्ण यातायात सञ्चालन गर्न दिइने निर्णय भएको जनाएको छ ।
‘नेपाल सरकार ९मन्त्रिपरिषद्०को मिति २०७८/०४/०४ को निर्णयाअनुसार त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोगलगायतका निकायहरूबाट परीक्षाका कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागबाट हुने परीक्षार्थी तथा सर्वसाधारणहरूको आवतजावतलाई सहज बनाउन उपत्यकाका सम्पूर्ण यातायात व्यवसायीहरूले नेपाल सरकारले तोकेको जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात सञ्चालनको व्यवस्था मिलाउन अनुरोध छ‚’ सूचनामा भनिएको छ ।
प्रशासकीय अधिकृत लक्ष्मीकुमारी शाहीद्वारा हस्ताक्षरित सूचनामा यात्रा गर्ने यात्रु महानुभावहरूले अनिवार्य रुपमा टिकट काउन्टरबाट टिकट काटेर मात्र यात्रा गर्नका लागि समेत आह्वान गरिएको छ ।