कुलमान र जनार्दन शर्मा बिच भेटघाट कहाँ लान खोज्दैछन् कुलमान लाई जनार्दनले ?

काठमान्डौं । नेपाल विद्युत प्रा धिकरण पूर्वप्रमुख कुलमान घिसिङलाई उज्यालोका नायकका रुपमा स्थापित गर्न मेनरोल खेल्ने देउवा सरकार अर्थमन्त्री जनार्दन शर्माले ईतिहास रच्नेगरी काम थालेका छन् ।

अर्थमन्त्रालयमा नयाँ टिम सेट गर्ने तयारीमा उनी कस्सिएका छन् । मन्त्री शर्माले स्पिरिट मिल्ने टिम बनाउने भन्दै निकटहरुसँग नयाँ टिमबारे परामर्श थालेका हुन् ।

श्रोतका अनुसार मन्त्री शर्माले अर्थमन्त्रालयका दुबै सचिव फेर्नेबारे परामर्श गरेका छन् । अर्थ सचिव शिशिर कुमार ढुंगाना र राजश्व सचिव रामशरण पुडासैनीको ठाउँ अरु सचिव ल्याउने तयारी छ ।

अर्थ सचिव शिशिर कुमार ढुंगानाको ठाउँमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव डा। बैकुण्ठ अर्याललाई ल्याउने तयारी छ । त्यस्तै, राजश्व सचिव रामशरण पुडासैनीको ठाउँमा भने महालेखा नियन्त्रक कार्यालयका सचिव मधुकुमार मरासिनीलाई ल्याउने तयारी छ ।

लक्ष्मण अर्यालले पनि अर्थ सचिव बन्नका लागि लबिङ भने गरेका छन् । यस अघि ओली सरकारले राजश्व सचिव बन्न अफर गर्दा अर्यालले अर्थ सचिव नपाए अर्थ मन्त्रालय नजाने अडान कसेका थिए ।

त्यसो त मन्त्रालयका सहसचिवहरुको समेत जिम्मेवारी हेरफेरको तयारी छ । मन्त्रालय अन्तर्गतका आन्तरिक राजश्व विभागदेखि भन्सारसम्मका प्रमुखहरुको जिम्मेवारी हेरफेर हुने सम्भावना छ । ‘सबैले आफ्नो स्पिरिट अनुसार काम गर्ने टिम सेट गर्छन, प्रारम्भ मै कर्मचारी संयन्त्र चलायो भन्ने आरोप पनि आउन सक्छ, त्यसकारण सरकारले विश्वासको मत लिने विषय टुंगिने वित्तिकै जिम्मेवारी हेरफेर सक्छ’, श्रोतले भन्यो ।

अर्थमन्त्री जनार्दन शर्माले आफुसँग चाकडीको भाषा प्रयोग नगर्न मन्त्रालय सम्वद्ध कर्मचारीहरुलाई निर्देशन दिईसकेका छन् । उनले आफु काम गर्न आएकाले राम्रा काम कुनै नरोकिने र गलत मनसायका प्रस्ताव नल्याउन चेतावनी पनि दिईसकेका छन् ।

अर्थमन्त्री शर्मालाई उचित ठाउँमा उचित व्यक्तित्व छनौट गरेर जिम्मेवारी दिन सक्ने राजनीतिज्ञ मानिन्छ । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको प्रमुख नियुक्त गरेर उनै शर्माले नेपाललाई १८ घण्टासम्मको लोडसेडिङको दुश्चक्रबाट मुक्त गराएका थिए ।

सफल अर्थमन्त्री बन्न जनार्दनका चुनौतीः

कोभिड १९ को महामारी र ओली सरकारको गलत अर्थ नीतिका कारण अहिले नेपालको अर्थतन्त्र सिथिल भएको छ । ओली सरकारले गरेको भ्रष्टाचार र अनुत्पादक क्षेत्रमा केन्द्रित गरेको अनावश्यक बजेट खर्चका कारण अर्थतन्त्र अहिले झन् डामाडोलको स्थितिमा पुगेको छ । ओली सरकारको तीन वर्षे शासनकालमा वैदेशिक ऋण दोब्बरले बढेको छ ।

आर्थिक वर्ष २०७७–७८ को एघार महिनामा कुल वस्तु व्यापार घाटा २४।६ प्रतिशतले वृद्धि भई रु १२६२ अर्ब ११ करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८।८ प्रतिशत पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८ प्रतिशत रहेको थियो । प्रत्येक नेपालीको टाउकोमा तीन वर्षअघि २८ हजार ऋण रहेकोमा अहिले बढेर ५२ हजार पुगेको छ ।

यस्तो विषम र जोखिमयुक्त परिस्थितिमा अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाएका जनार्दन शर्माका लागि टाट पल्टिएको अर्थतन्त्रलाई लयमा ल्याउनका लागि विभिन्न चुनौतीहरु रहेका छन् । यी चुनौतीको विवेकपूर्ण समाधान गर्न सके उर्जामन्त्री हुँदा बटुलेको लोकप्रियता झन् उचाइमा पुग्न सक्ने सम्भावना पनि छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ninety five − ninety =