काठमान्डौं । नेपाल प्रहरीको इतिहासमा धेरै समय र स्रोत साधन खर्च भएको ह,त्या घ,ट,ना, तीन वर्षमा अनुसन्धानका लागि केन्द्रबाट सातवटा टोली खटिए, कञ्चनपुरमा पाँच एसपी फेरिए, तर उपलब्धि शून्य गत चैतको अन्तिम साता सातै प्रदेशका डिआइजीको नियमित हेरफेरको तयारी चल्दै थियो ।
सुदूरपश्चिम प्रदेशका तत्कालीन प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उत्तमराज सुवेदीले आफूलाई १५ दिनको समय दिन प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई अनुरोध गरे । १५ दिनमा निर्मला पन्तको ह,त्यारा पत्ता लगाउँछु भन्ने विश्वास सुवेदीलाई जागेको थियो ।
पन्तको ब,ला,त्का,रपछि ह,त्या घ,ट,नाबारे उनले केही नयाँ सूचना पाएका थिए । आफ्नै नेतृत्वको अनुस,न्धानबाट यो घ,ट,नालाई सुल्झाउँछु भन्ने उनलाई लागेको थियो । उनी १५ दिन मात्र होइन, थप दुई महिना सुदूरपश्चिम बसे, तर उनको सपना अधुरै रह्यो ।
जीवन रिजाल, पूर्वप्रमुख : राष्ट्रिय विधि विज्ञान प्रयोगशाला
सुरुमै मृ,तकको शरीरबाट संक,लन गरिएको अभियुक्तको डिएनए नमुनामै मिसावट भइसकेको छ । त्यसैले निर्मला पन्तको ब,ला,त्कारपछि ह,त्या घ,ट,नामा डिएनए परीक्षणको रिजल्ट सही आउने सम्भावना निकै कम छ ।
विगत तीन वर्षदेखि यस्तै नयाँ–नयाँ सूचना पछ्याउँदा अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरू उत्साहित हुने गरेका छन् । तर, घ,ट,नाको गुत्थी भने पत्ता लगाउन असफल हुँदा त्यो खुसी निराशामा परिणत हुने गरेको छ ।
तर, डिआइजी सुवेदी अझै निराश भइसकेका छैनन् । सुदूरपश्चिम प्रदेश प्रहरीका रूपमा १४ महिना काम गरेर हालै काठमाडौं फर्किएका उनी यो घ,ट,ना छिटै सुल्झने विश्वास राख्छन् । ‘अनुसन्धान निकै साँघुरिँदै गएको छ,’ उनी भन्छन्, ‘स्थानीयको सहयोग भयो भने यो घ,ट,ना सुल्झिन धेरै समय लाग्दैन ।’
१० साउन ०७५ मा महेन्द्रनगर, उल्टाखामकी निर्मलाको ब,ला,त्का,रपछि ह,त्या भएको थियो । भोलिपल्ट अर्धनग्न अवस्थामा उखुबारीमा उनको शव भेटियो । ब,ला,त्का,रपछि घाँटी थिचेर उनको ह,त्या भएको पोस्टमार्टम रिपोर्टबाट पुष्टि भइसकेको छ । प्रहरी लाप,रवा,हीले घ,ट,ना भएको भन्दै भोलिपल्टैदेखि प्रहरीमाथि सर्वसाधारणको अविश्वास बढेको थियो ।
तीन वर्षसम्म निरन्तर अनुसन्धान गर्दा पनि प्रहरीले अभियुक्त पहिचान गर्न नसक्दा संगठनमाथिको त्यो विश्वास फिर्ता ल्याउन सकेको छैन ।
सम्भवतः नेपाल प्रहरीकै इतिहासमा यति धेरै समय र स्रोतसाधन खर्च भएको घ,ट,ना बनेको प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरी प्रधान कार्यालयले तीन वर्षदेखि यो घ,ट,नाको अनुसन्धानमा निरन्तर विशेष टोली बनाएर खटाउँदै आएको छ ।
अनुसन्धान निरन्तर चलिरहेको र त्यसमा प्रगति भइरहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवर बताउँछन् । ‘सिआइबीको टोली अहिले पनि कञ्चनपुर नै बसेर अनुसन्धान गरिरहेको छ,’ उनी भन्छन्, ‘प्रहरी सफलतातर्फ नै अघि बढेको छ, ढिलोचाँडो नतिजा आउँछ ।’
फेरि डिएनएकै सहारा
यो घ,ट,नामा प्रहरी अनुसन्धानमाथि नै पटक–पटक प्रश्न उठ्दै आएको छ । घ,ट,नास्थलमा भएको ला,परवा,हीदेखि डिएनए परीक्षण विधिको मात्रै आलोचना भयो । खासगरी, प्रमाण संकलन र डिएनएन परीक्षणमा त्रुटि हुँदा यो घ,ट,ना नसुल्झिएको कतिपय प्रहरी अधिकारी बताउँछन् ।
डिएनए परीक्षणको विषयमा दुईवटा छानबिन समितिले यसमा त्रुटि रहेको औँल्याएको छ । राष्ट्रिय मानवअधिकार आयोग र डिएनए विशेषज्ञ जीवन रिजालको नेतृत्वको विज्ञ टोलीले यसबारे छुट्टाछुट्टै छानबिन गरेको थियो । दुवै टोलीले डिएनए परीक्षण प्रक्रियामै कमजोरी भएको तथ्य औँल्यायो ।
जसअनुसार अब डिएनए प्रविधिबाट अभियुक्त पत्ता लाग्न सक्दैन भन्ने दुवै प्रतिवेदनको निष्कर्ष थियो । तर, हाल प्रहरीले डिएनए विधिलाई नै अनुसन्धानको मुख्य आधार बनाएको छ । स्रोतका अनुसार दुई महिनाअघि पनि एक शंकित व्यक्तिको परिवारका सदस्यको डिएनए परीक्षण गरिएको थियो । तर, ‘म्याच’ नभएपछि प्रहरीले उनलाई प,क्राउ गर्न सकेन ।
उत्तमराज सुवेदी, डीआईजी
निर्मला ह,त्या घ,ट,नाको अनुसन्धान निकै साँघुरिँदै गएको छ । स्थानीयको सहयोग भयो भने यो घ,ट,ना सुल्झिन धेरै समय लाग्दैन ।
राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनमा भनिएको छ, ‘डिएनए परीक्षणका लागि भजाइनल स्वाबलगायतका नमुना संकलन गर्दा सिन्कोमा बेरिएको कपासबाट गरिएकोमा यस्तो संकलन प्रक्रिया पूर्णतः दोषमुक्त छ भन्न सकिने अवस्था छैन । यसरी संकलन गरी टेस्टट्युबमा राख्दा पर्याप्त मात्रामा डिएनए संकलन नहुने र डिएनए ह्रास हुँदै जाने, नष्ट हुन सक्ने, परिणाम सही आउन नसक्ने जस्ता समस्या रहेको पाइयो ।
मूलतः नमुना संकलन प्रक्रिया नै त्रुटिपूर्ण रहेको पाइयो ।’ आयोगले पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्र पाठकको संयोजकत्वमा पूर्वएआइजी विज्ञानराज शर्मा, फरेन्सिकविज्ञ डा। हरिहर वस्ती, डिएनए विशेषज्ञ दिनेश झा र आयोगका अनुसन्धान अधिकृत रहेको समिति गठन गरेको थियो ।
पछि गृह मन्त्रालयले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशक जीवन रिजालको नेतृत्वमा विज्ञ समिति गठन गरेको थियो । सो समितिले पनि अब अनुसन्धानमा डिएनए प्रविधि प्रभावकारी नहुने निष्कर्ष निकालेको थियो ।
मृ,त,कको शरीरबाट संकलन गरिएको नमुनामै मिसावट भइसकेकाले अब डिएनए प्रविधिबाट अभियुक्त पत्ता लगाउन धेरै गाह्रो हुने रिजाल बताउँछन् । ‘यो घ,ट,नामा अब डिएनए परीक्षणको रिजल्ट सही आउने सम्भावना कम छ,’ उनले भने, ‘सुरुमा स्याम्पल नै कन्टामिनेट भइसकेको छ ।’
निर्मलाको भजाइनल स्वाबबाट निकालिएको नमुनाबाट डिएनए परीक्षण गरी अभियुक्त पत्ता लगाउन असम्भव रहेको विज्ञहरूले बताइसकेका छन् । प्रहरीले वाई–एसटिआई विधिबाट डिएनए परीक्षण गरेको थियो, जुन विधि वंश पत्ता लगाउन प्रयोग गरिन्छ । सामान्यतया अभियुक्त पहिचान गर्न अटोसोमल प्रविधिबाट परीक्षण गरिन्छ ।
‘वाई–एसटिआईबाट कुनै पनि व्यक्तिको पुस्ता मात्र पत्ता लाग्छ,’ राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका डिएनएविज्ञ दिनेश झा भन्छन्, ‘त्यसकारण त्यो प्रविधिबाट बलात्कार गर्ने व्यक्तिको निकटसम्म प्रहरी जान सक्छ, ठ्याक्कै व्यक्ति मेल खाँदैन ।’