कोडवाडा मान्म जोड्ने केवुलकार ९४ करोडमा बन्ने ! स्थिानिय उत्साहित

कालिकोट । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नम्वर १ कोडवाडा देखी सदरमुकाम मान्म जोड्ने केवुलकार बन्ने निश्चित भएको छ । आज सोमवार कालिकोट जिल्लाका स्थानीय तहका प्रमुखहरूको उपस्थितिमा बसेको कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मुख्यमन्त्री प्रमुख आथित्यता र कर्णाली प्रदेश सरकारको आयोजनामा कोडवाडा मान्म केवलकार सम्भाव्यता अध्ययनको प्रतिदिन माथि छलफल कार्यक्रम सम्पन्न भएको छ ।

यस आयोजनाको जम्मा लागत ९४ करोड ४९ लाख ९ सय १५ रुपैया लाग्ने छ। यसको लम्बाइ २ हजार १ सय ३४ मिटर र उचाइ ८ सय २९ मिटर हुनेछ भने प्रति सेकेन्ड ८ मिटर हिड्ने र एक घण्टामा २ सय जना आउन जान पाउने छन् ।

यस्तै एक ठाउँबाट अर्को ठाउँमा जान १० मिनेट लाग्नेछ । कार्यक्रममा माननीय मुख्यमन्त्री महेन्द्र वहादुर शाही,भौतिक मन्त्री अमर थापा,प्रमुख सचिव गणेश पाण्डे,प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर सर्पराज खड्का,सदस्य दिपेन्द्र रोकाय कालिकोटका ९ वटै स्थानीय तहका प्रमुखको उपस्थित थियो ।

यो आयोजना संचालनमा आएपछि जनताले यातायातको सेवा पाउनुका साथै पर्यटन क्षेत्रको विकास प्रवर्द्धन भै जनताको आर्थिक रुपमा पनि लाभ मिल्ने पक्का छ । केवुलकार बन्ने भएपछि कालिकोटका स्थिानिय बासिन्दाहरु निकै खुुसी देखिन्छन ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seven + two =