काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रदेश प्रमुखहरूको नाम बुझाएका छन् । स्रोतका अनुसार गण्डकी प्रदेशमा अमिक शेरचन र प्रदेश २ को प्रदेश प्रमुखमा तिलक परियारको नाम बुझाइएको हो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले हटाएका प्रदेश प्रमुखलाई नै निरन्तरता दिने माओवादीले निर्णय गरेको हो ।
बिहान पनि मन्त्रिपरिषद् विस्तारको विषयलाई लिएर प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको थियो ।
Facebook Comments Box