काठमाडौं । विलक्षण स्मरणशक्तिको दावी गरेर चर्चामा आएका विजय शाहीको मृ,त्यू भएको भनेर सामाजिक सञ्जालमा फैलिएको हल्ला असत्य प्रमाणित भएको छ । प्रहरीले शाहीलाई कालिकोटस्थित उनकै घरमा फेला पारेको छ ।
कालिकोट जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहले विजय शाहीको मृ,त्यूको हल्ला झुटो भएको बताए ।
‘मैले विजय शाहीको गाउँमा प्रहरीलाई बुझ्न पठाएको थिएँ । उनीहरुले शाहीलाई घरमै भेटेको बताएका छन् । मृ,त्यूको हल्ला झूटो रहेछ,’ डिएसपी शाहले भने ।
सामान्य वि,रामी भएर अस्पताल गएका शाही आफ्नो महावै गाउँपालिका वडा नं. ५ स्थित घरमा आइसकेको उनले जानकारी दिए ।
विजय शाहीका शिक्षक दिपकबहादुर शाहीले सुरुमा फोटो सहितको खबर फेसबुकमा हालेका थिए । अस्पताल लैजाँदा लैजाँदै विजयको निधन भएको उनले उल्लेख गरेका थिए ।
त्यही पोष्टका आधारमा धेरैले विजय शाहीलाई श्र,द्धा,न्जली दिन भ्याए । तर शाहीले आफ्नो पोष्ट फेसबुकबाट हटाइसकेका छन् । विजय शाही भने सामान्य अस्वस्थ मात्रै भएको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार जनतालाई उल्लु बनाउने पछिल्लो समय फेक गतिविधीमा संलग्न विजयी शाही लगायतको गिरोहलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान थालिने बुझिएको छ ।