डिभिलर्सले गरे कोलकत्ताको धोबी धुलाई, बलरहरुले पानी माग्न पाएनन्

काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोरले इण्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वान्टी क्रिकेटमा पाँचौ जित निकालेको छ । गएराति कप्तान विराट कोहली र एबी डी भिलियर्सले १०० रनको साझेदारी गरेपछि रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्सलाई ८२ रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा २ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो । बेंग्लोरका लागि एबी डी भिलियर्सले नटआउट ७३ रन जोडे। उनले ३३ बलमा ५ चौका र ६ छक्का हिर्काए। विराट कोहलीले २८ बलमा ३३ रन बनाए । दुई जना मिलेर अन्तिम ५ ओभरमा ८३ रन जोडेका थिए । त्यस्तै एरोन फिन्चले ४७ र ओपनर देवदत्त पाडिकलले ३२ रन बनाएका थिए । बलिङतर्फ आन्द्रे रसेल र प्रसिद्ध कृष्णले समान १–१ विकेट लिए।

१९५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११२ रन मात्रै बनाउन सक्यो। कोलकाताका लागि शुभमन गिलले ३४ तथा राहुल त्रिपाठी र आन्द्रे रसलले १६–१६ रनको योगदान दिए । बैंग्लुरुका लागि वासिंगटन सुन्दर र क्रिस मोरिसले २–२ विकेट लिए ।

जितसँगै सात खेलबाट १० अंक जोडेको बैंगलोर तेस्रो स्थानमा उक्लिएको छ। समान १० अंक भएका मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स रनरेटका आधरमा क्रमशः शीर्ष र दोस्रो स्थानमा छन्। कोलकाता आठ अंकका साथ चौथो स्थानमा छ।

 

 

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixteen − fifteen =