मन्त्रिपरिषद् विस्तार: नेपालले आज ‘डिसिजन’ दिने, ढिलोमा सोमबार !

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो (बिहिवार)को भेटघाटपछि धेरैले अनुमान गरेका थिए, ‘अब मन्त्रिपरिषद् विस्तार हुनेछ।’

तर माहौल त्यस्तो देखिएन । कारण स् सत्ता गठबन्धनको बैठकमा आफ्नो प्रतिनिधि पठाउन नछोडेपनि नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले स्पष्ट निर्णय दिन नसकेका कारण अब मन्त्रिपरिषद् विस्तार केहि दिन ढिला हुने भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् ६ सदस्यीय मात्रै रहेको अवस्थामा कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी जसपा, एमाले माधवकुमार नेपाल पक्ष र राष्ट्रिय जनमोर्चासहितको देउवा नेतृत्वको सठबन्धन सरकारले मन्त्रीमण्डललाई पूर्णता दिन बितेको एक सातादेखि निरन्तर औपचारिक अनौपचारिक बैठक भइरहेको छ । तर नेपाल पक्षले सरकारमा आउँदैनौँ भनेतापनि ‘स्पष्ट डिसिजन’ आईनसकेका कारण मन्त्रिपरिषद् विस्तारमा अलमल भएको हो ।

यसअघिका बैठकमा माओवादी केन्द्र र जसपाले सरकारमा जानेहरुको नाम छिट्टै टुंग्याउने बताएर आन्तरिक छलफलपछि केहि नाम समेत टुंगो लगाइसकेका छन् ।

स्रोतका अनुसार सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार भईसक्नेछ ।

माओवादी केन्द्रका एक नेता लोकपथसँग भन्छन्, ‘त्यसका लागि आज नेता नेपालसँग संवाद गर्ने र सरकारमा हुने नहुनेबारे निश्चित भएपछि गठबन्धनका दलहरूबीच मन्त्रालय बाँडफाँट गर्ने तयारी भएको छ । सम्भवत आइतबारसम्म मन्त्रिपरिषद् विस्तार हुन सक्छ । ढिलै हुँदा सोमबार हुन्छ ।’

मन्त्रिपरिषद् विस्तारका विषयमा नेपालसँग ‘क्लियर कट’ कुरा गर्न र निर्णय दिनको लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि कोटेश्वरस्थित नेता नेपाल निवास पुगेका भेटेका थिए । यसैका लागि नेपालसँग दाहाल र प्रधानमन्त्री देउवाले भिन्दाभिन्दै छलफल गर्ने सम्भावना रहेको कांगेसनिकट स्रोत बताउँछ ।
कसलाई कतिवटा मन्त्रालय ?

कांग्रेसलाई : प्रधानमन्त्रीसहित ९
माओवादीलाई : ७ (यसअघि दिईएको २ सहित)
जसपालाई : ६

र, नेपाल पक्षसँगको ‘डिसिजन’ पछि आज देउवाले ‘वान टू वान’ वार्ता गर्ने सहमति भएको छ । यता, जनता समाजवादी पार्टीले शनिबार संसदीय दलको नेता चयन गर्दैछ । संसदीय दलको नेता चयनपछि बकेट लिस्टको छानिएका मन्त्रीहरूको नाम देउवालाई दिने जसपाको तयारी छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nine × = seventy two