फेरि हेरफेर भयो आईपिएलको अंक तालिका , कुन टिम कुन स्थानमा ? ( हेर्नुस आईपिएलको अंक तालिका )

एजेन्सी । जारी आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्समाथि शानदार जित निकालेकाे छ । गएराति भएकाे खेलमा बैंगलोरले कोलकातामाथि ८२ रनको उत्कृष्ट जित निकालेको हाे । जारी सिजनमा याे बैंगलोरकाे पाँचै जित हाे । जितेसँगै बैंगलोर अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ।

मुम्बई, दिल्ली र बैंगलोरको समान १० अंक छ। नेट रन रेटको आधारमा मुम्बई शीर्ष, दिल्ली दोस्रो र बैंगलोर तेस्रो स्थानमा छन्। कोलकाता ७ खेलमा ४ मा जित र ३ मा हारसहित चौथो स्थानमा पुगेको छ। सनराइजर्स हैदराबाद ७ खेलमा ४ मा हार र ३ मा जित सहित पाँचौं स्थानमा छ। राजस्थान ७ खेलमा ४ मा हार र ३ मा जितसहित छैटौं स्थानमा छ।

चेन्नई सुपर किंग्स ७ खेलमा ५ मा हार र २ मा जितसहित सातौं स्थानमा छ। किंग्स इलेभेन पन्जाब ७ खेलमा ६ मा हार र १ मा जितसहित २ अंकका साथ पुछारमा छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty ÷ = four