केपि ओलि भन्छन् : ‘माधव नेपाल नभएपछि पार्टीमा खुट्टा तान्ने कोही छैनन्, सजिलै बहुमत ल्याउछु’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपाललाई पार्टीमा ठाउँ नभएको स्पष्ट पारेका छन् । शनिबार बसेको नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा बोल्दै अध्यक्ष ओलीले वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै उनले माधव नेपालका लागि पार्टीमा ठाउँ नभएको स्पष्ट पारेका हुन् ।

उनले भने ‘माधव नेपालजस्ताका लागि पार्टीमा कुनै ठाउँ छैन, वामपन्थी सरकार ढाल्ने दक्षिणपन्थी सरकार बनाउने, विश्वासको मत दिने’ उनले भने ‘आफ्नो पार्टीका प्रधानमन्त्रीले विश्वासको मत माग्दा नदिने, दक्षिण पन्थीको सरकारलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने, त्यस्ताका लागि ठाउँ छैन ।’

बाटो बिराएका अरु नेताहरु भने पार्टीमा फर्किन सक्ने ओलीले बताए । ‘आउनुस् यो पार्टी हामी सबै जनाको हो । जो अउँदैन, आउँदैन । समय कुर्दैन’ ओलीले भने । अध्यक्ष ओलीले आगामी चुनावमा पार्टीले बहुमत ल्याउने दावी गरेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

6 × = thirty six