दिल्लीलाई अर्को ठलो झड्का, अमित मिश्रापछि अर्का स्टार बलर आईपिएलबाट आउट ! सन्दिपलाई फाईदा ?

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दिल्ली क्यापिटल्सलाई खेलाडी घाइते हुने समस्याले सताउने गरेको छ। दिल्लीका तीव्र गतिका बलर इशान्त शर्मा घाइते हुँदै जारी आइपिएलबाटै बाहिरिएका छन्। आइपिएलमा दिल्लीले राम्रो प्रदर्शन गरिरहेकोे छ। तर खेलाडी घाइते हुँदै गएपछि विस्तारै समस्यामा पर्दै आएको छ। दिल्लीका इशान्तले पनि आइपिएलको बाँकी खेल गुमाउने भएका छन्। दिल्लीले प्रेस विज्ञप्ति निकाल्दै इशान्त घाइते हुँदै आइपिएलबाट बाहिरिएको जानकारी दिएको हो।

त्यसो त इशान्त आइपिएल सुरु हुनुभन्दा अघिदेखि नै फिट थिएनन्। इशान्तले यो सिजनको आइपिएलमा एक खेलमात्रै खेले। सनराइजर्स हैदराबादविरुद्ध तीन ओभर बलिङ गरेका उनले २६ रन खर्चिएका थिए। इशान्त दिल्लीका घाइते हुने खेलाडीमा चौथो हुन्। यसअघि दिल्लीको पहिलो खेलमा किंग्स इलाभेन पञ्जाबविरुद्ध अफ स्पिनर रविचन्द्रन अश्विन घाइते भएका थिए। तर उनी दुई खेलपछि भने चोटमुक्त भए।

दिल्लीकै अर्का लेग स्पिनर अमित मिश्रा औंलामा लागेको चोटका कारण जारी आइपिएलबाटै बिदा भए। इशान्त दिल्ली टिमबाट बाहिरिनेमा दोस्रो खेलाडी हुन्। अहिले दिल्लीका विकेटकिपर ब्याट्सम्यान रिषभ पन्त पनि घाइते छन्। दिल्लीका अनुसार रिषभ अझै एक साता मैदानबाहिर रहने छन्।

दिल्ली अहिले आइपिएलको अंक तालिकामा दोस्रो स्थानमा छ। सात खेलमध्ये पाँच खेलमा जित र दुई खेलमा हार ब्यहोरेको दिल्लीले १० अंक बनाएको छ। समान खेलबाट पाँच खेलमा जित र दुई खेलमा नै हार ब्यहाेर्दै १० अंक नै बनाएको मुम्बई इन्डियन्स भने लिगको शीर्ष स्थानमा छ। १० अंक नै बनाएको रोयल च्यालेन्जर्स बैंग्लोर तेस्रो स्थानमा छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

56 − fifty two =