पेरिसडाँडामा स्थायी समिति बैठक, कोटेश्वरमा प्रचण्ड !

काठमान्डौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक अहिले जारी छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसेको हो ।

समसामयिक राजनीतिक विषय र सत्तारुढ गठबन्धनको भावी कार्ययोजनामा माओवादीको प्राथमिकताको विषयमा छलफल गर्नका लागि बैठक बसेको एक स्थायी समिति सदस्यले जानकारी दिएका छन् ।

पेरिसडाँडामा बैठक बोलाएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । नेपालनिवासमा प्रचण्ड र नेपालबीच राजनीतिक विषयमा छलफल भएको स्रोतले बताएको छ ।

मन्त्रिपरिषदलाई पूर्णता दिनका लागि नेपाल पक्षको सहभागिताका विषयमा प्रष्ट हुनका लागि प्रचण्ड नेपालनिवास कोटेश्वर पुगेका स्रोतले बताएको छ । नयाँ सरकार बनेको तीन सातासम्म पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।

माओवादी केन्द्रको आजको बैठकले सरकारमा पार्टीको तर्फबाट सहभागी हुने मन्त्रीहरुको नाम पनि तय गर्ने बताइएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

two × two =