हामी सरकारबाट हटेसँगै देउवा सरकारले दमन गर्न थाल्यो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकारले दमन र भद्धा राजनीतिकरण सुरु गरिसकेको बताएका छन् ।

आइतबार आइतबार तुलसीलाल अमात्यको २४ औं स्मृतिका अवसरमा आयोजित कार्यक्रममा मन्तव्यका क्रममा उनले देउवा सरकारको दमन सुरु भएको भन्दै त्यसको प्रतिवाद गर्न आफूहरु तयार रहेको उनले बताए ।

उनले भने, ‘दमन गर्ने काम भैसक्यो, खाना खान नदिएर रोक्ने काम भैसक्यो । भद्दा राजनीतिकरण सुरु भैसक्यो । यो अलोकतान्त्रिक तरिकाको कास्टिङ मात्रै हो । हामी यस्ता सवै कुराको प्रतिवाद र आवश्यक परे प्रतिरोध पनि गर्छौ ।’

आफ्नो सरकार रहँदा देशमा विकास र सुशासन कायम गर्न कम्युनिस्ट नै चाहिन्छ भनेर त्यो मूल्य मान्यता स्थापित गरेको पनि उनले बताएका छन् । तर, आफूहरु सरकारबाट हटेसँगै आगमन भएको देउवा सरकारले दमन गर्न सुरु गरेको उनको आरोप छ ।

उनले भने, ‘हामी सरकारबाट हट्यौं । सरकारबाट हटेको भोलिपल्ट स्काउट जस्ता संस्थालाई चल्न दिइएन । स्काउटविरुद्ध जुलुस निकाल्न थालियो ।

स्काउटका कार्यकर्ता विभिन्न जिल्लाबाट आउँदा बस बसबाट उतार्ने काम भयो । खाना नदिएर रोक्ने काम भयो । सभा गर्न दिइएन । दमन शुरु भइसक्यो । मान्छेहरु निष्कासन हुन थालिसके ।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

three × 2 =