प्रचण्डलाई माधवले भन्नुभो, एमाले मिल्ने स्थिति भयो !

काठमान्डौं । मन्त्रालय भागबण्डाबारे छलफल गर्न पुग्नुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी मिल्ने स्थिति बनेकाले सरकारमा जाने सम्भावना नरहेको जवाफ दिनुभएको छ ।

नेता नेपाललाई भेटेर पार्टीको स्थायी कमिटी बैठकमा पुग्नुभएका प्रचण्डले त्यहाँ त्यस्तो ब्रिफिङ्ग गर्नुभएको हो । बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले माधव नेपाल अप्ठेरो अवस्थामा रहेकाले केपी ओलीसंग मिल्ने मनस्थितिमा पुगेको बताउनुभएको थियो ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्नुभएका प्रचण्डले नेता नेपालको पछिल्लो निर्णयले मन्त्रालय भागवण्डाबारे फेरि छलफल गर्नुपर्ने अवस्था बनेको पनि जानकारी दिनुभयो ।

‘उहाँ (माधव) पार्टीमा अप्ठेरो अवस्थामा हुनुहुन्थ्यो,आफ्नै समूहका नेताहरुले धोका दिएका कारण केपीसँग मिल्नुपर्ने बाध्यता बनेको देखियो । उहाँले एमालेमै जाने टुंगोमा पुगेको बताउनुभयो’, प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भने ।

यता,पार्टी एकताबारे छलफल गर्न माधव नेपालले आफूपक्षीय नेताहरुको बैठक बानेश्वरको अर्याल होटेलमा बोलाउनुभएको छ । स्रोतले साँझसम्ममा एकताका पक्षमा ठोस निर्णय आउनसक्ने दाबी गरेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

five ÷ 1 =