काठमाडौँ । यातायात व्यवस्था विभागले भदौबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) खुलाउने तयारी गरेको छ । यसअघि प्रदेश सरकारले कुनै निर्णय नगरेकाले ट्रायल खोल्ने काम अन्योल देखिएको थियो ।
यद्यपी अब पनि प्रदेश सरकारले निर्णय नलिए विभागले भदौको पहिलो साताबाटै सवारी चालक अनुकति पत्र खुलाउने तयारी गरेको विभागका महानिर्देशक नमराज घिमिरेले बताए ।
‘अहिलेसम्म प्रदेश सरकारको निर्णय कुरेर बसेका छौँ’ उनले भने, ‘यो महिना हेर्छौ त्यसपछि पनि खुलाएनन् भने विभागबाट सुचना निकालेर ट्रायल खुलाउछौं ।’
पहिलो चरणको लकडाउन ०७६ चैत्रबाट बन्द भएको ट्रायलको कामलाई विभागले डिजिटल माध्यमबाट फारम भर्न मिल्ने गरी ७७ पुस १४ गतेबाट खुलाएका थियो ।
पुसदेखि वैशाखसम्म फारम भरेका झण्डै ६ लाख मानिसहरु ट्रायलको प्रतिक्षामा छन् ।
Facebook Comments Box