
काठमाडौं। बलिउडकर्मी तथा बलिउडका ठूला चलचित्र कम्पनीहरु भारतीय मिडिया बि’रुद्ध उत्रिएका छन। बलिउड अभिनेता सलमान खान, शाहरुख खान, आमिर खान, अजय देवगन लगायत ३८ फिल्म कम्पनीहरुका संचालक हरु बिशेषगरी निजी संचारमाध्यमका बि’रुद्ध उत्रिएका हुन् ।
उनीहरुले बलिउड उद्योगमा आँच पुग्ने सामग्री प्रकाशन तथा प्रशारण गरेको भन्दै उच्च अदालतमा भारतीय मिडिया बि’रुद्ध मुद्दासमेत दायर गरेका छन। बिशेषत भारतका मिडियाहरुले गैरजिम्मेवार, अपमान जनक तरिकाले फिल्मी क्षेत्रका समाचारहरु प्रकाशन तथा प्रशारण गरेको उनीहरुको आरोप छ ।
मुद्धाको रिटमा बलिउडकमीहरुले रिपब्लिक टीभीका अर्नब गोश्वामी, राहुल शिवशंकर, नविका कुमार र प्रदिप भण्डारीलाई विपक्षी बनाएका छन् । त्यस्तै रिटमा यसअघि प्रकाशन तथा प्रशारण भएका समाचार सामग्रीहरुमा आपत्तीजनक, अश्लिल र अपमान जनक भाषाहरु तत्काल हाउनपनि माग गरिएको छ । प्रकाशित समाचारहरुमा तथ्यता र सत्यताको आधार विन व्याक्तिगत भावनाका कुरा समेटेको भन्दै बलिउडकर्मीहरुले आपत्ती जनाएका छन ।