डिभिलर्सले छक्का हानेको बलले सडकमा गुडिरहेको कारमा लाग्यो , शाहरुख खान समेत चकित ( हेर्नुस भिडियो )

काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोरले आईपीएल टी–ट्वान्टी क्रिकेटमा पाँचौ जित निकालेको छ । आइपीएलको जारी १३औं संस्करणमा गएराति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ८२ रनले पराजित गर्दै बैंगलोरले पाँचौ जित निकालेको हो । बैंगलोरले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो ।

यस खेलमा बैंगलोरबाट खेलिरहेका दक्षिण अफ्रिकाका एबी डिभिलीयर्सले आक्रामक ब्याटिंग गरेका थिए । एबीले अविजित रहदै ३३ बलमा ७३ रन बनाएका थिए । एबिले पहिलो १० बलमा केबल १० रन मात्र बनाए पनि त्यसपछि आफ्नो खेल्ने तरिका बदल्दै कुल २३ बलमा अर्धशतक पुरा गरेका थिए ।

आफ्नो इनिंगमा ५ चौका र ६ छक्का प्रहार गरेका एबीले हानेका छक्का अहिले चर्चामा रहेका छन् । उनले कोलकोताका युवा बलर कमलेस नगरकोटीको बलमा लगातार हानेका दुई छक्का स्टेडियम बाहिर पुगेको थियो । एबीले हानेको बल सडकमा पुगेर गाडीलाई लागेपछि एक छिन् ट्राफिक रोकिएको थियो ।

खेलपछि एबीले आफ्नो प्रदर्शनबाट खुशी भएको बताएका छन् । पछिल्लो खेलमा शुन्यमा आउट भएको बताउदै त्यसबेला निकै नराम्रो महसुस भएको बताए । टिमको जितमा योगदान गरेकोमा खुशी हुदै उनले आफुहरु १४०-५० भन्दा माथि जान सकिन्न भन्नेमा रहेपनि अन्त्यमा १९५ रनको लक्ष्य दिन सकेको बताएका थिए । बैंगलोर यस सिजनमा खेलेका ७ खेलमा ५ खेल जितेर १० अंकसहित तेस्रो स्थानमा रहेको छ । भिडियो हेर्न यहाँ क्लिक गरौ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty four − twenty =