क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

एजेन्सी ।विश्व चर्चित फुटबल खेलाडि क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण पुष्टि भएको छ । पोर्चुगलको राष्ट्रिय टिममा रहेका रोनाल्डोलाई कोरोनाको संक्रमण देखिएको हो । पोर्चुगिज फुटबल महासंघले रोनाल्डोमाथि कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।

३५ वर्षिया युभेन्ट्सका फरवार्डलाई कुनै लक्षण देखिएको छैन । उनलाई राष्ट्रिय टिमबाट बिदा गरिएको छ । राष्ट्रिय टिमबाट बिदा भएका रोनाल्डोले एकान्तवास सुरु गरेका छन् । पोर्चुगलले नेसन्स लिग फुटबलमा आगामी बुधबार स्विडेनसंग प्रतिस्पर्धा गर्दैछ ।

रोनाल्डोको अनुपस्थितीमा फर्नान्डो सान्तोस पोर्चुगलको टिममा छनोट हुन सक्नेछन् । गत आईतबार भएको फ्रान्सविरुद्धको खेलमा पोर्चुगलले गोल रहित बराबरी खेल्दै अंक बाँडेको थियो । युभेन्ट्सका फरवार्डले देशका लागि पछिल्लो समय दुई खेले खेलेका थिए । उनले स्पेनसंग मैत्रीपूर्ण फुटबल र फ्रान्ससंग नेसन्स लिगमा खेलेका थिए । दुवै खेल गोलरहित बराबरीमा सकिएको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty six − forty six =